खानपानस्वास्थ्य

गाईको दूधको महत्व र फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गाईको दूध स्वास्थ्यका दृष्टिकोणले धेरै नै महत्वपूर्ण मानिएको छ । गाईलाई धाई आमाको रूपमा मान्नुको प्रमुख कारण भनेको यसमा रहेको पौष्टिक गुणलाई मानिएको छ । स्वास्थ्यको दृष्टिकोणले भैसीको दूधको तुलनामा गाईको दूध पोषिलो हुने गर्दछ ।

गाईको दूधको सेवनबाट थुप्रै रोगहरू हटाउने क्षमता रहेको देखिन्छ । गाईको दूध पातलो हुने हुनाले प्राय: प्याकेटको दूध वा भैसीको दूध बढी प्रयोग हुने गरेको पाइन्छ । स्वास्थ्य राम्रो होस् भन्ने चाहना भए भैसीको दूध भन्दा गाईको दूध सेवन गर्नुस भन्ने हाम्रो राय छ ।

गाईको दूधमा पाइने तत्व यस्तो छ ।
८३ देखि ८७ प्रतिशतसम्म पानी
५ देखि ६ प्रतिशतसम्म फ्याट
८ देखि ५.२ प्रतिशतसम्म कार्बोहाइड्रेड
१ देखि ३.९ प्रतिशतसम्म प्रोटीन हुने गर्दछ ।

गाईको दूधमा पाइने प्रोटीन २ प्रकारको हुन्छ । एउटा केसीन र अर्को व्हे प्रोटीन । गाईको दूधमा पाइने केसीन प्रोटीन खास गरी ४ प्रकारको हुन्छ ।

अल्फा एस १ (३९ देखि ४६ प्रतिशत)
एल्फा एस २ (८ देखि ११ प्रतिशत)
बीटा कैसीन (२५ देखि ३५ प्रतिशत)
कापा केसीन (८ देखि १५ प्रतिशत)

स्वास्थ्यको दृष्टिकोणले भैसीको दूधको तुलनामा गाईको दूध पोसीलो हुने गर्दछ । गाईको दूधबाट लिन सकिनेछ । गाईको दूधबाट निम्न लिखित १० फाइदा यस्ता छन् ।

१. गाईको दूधको सेवन गर्नाले हार्ट, डायबिटीज, क्यानसर, टीबी, कलेरा र मानसिक रोग समेत गरी थुप्रै रोगहरू निको गराउन सक्दछ ।

२. स-साना बच्चाहरूको बौद्धिक विकास गर्नको लागि गाईको दुध जस्तो पोसाहार अरू केही छैन ।

३. शुक्रकिटको कमी भएमा गाईको दूध पिउनु उत्तम मानिएको छ । ठूला-ठूला औषधिले नगरेको काम यसले गर्दछ ।

४. गाईको दूध खानाले पाचनतन्त्र सवल हुदै जान थाल्दछ । मीठो हुनाले पित्त र ग्यास समेत फाल्दछ ।

५. सेक्स गरि सकेपछि एक गिलास गाईको दूधमा थोरै बदाम राखेर खानाले कमजोर हुनवाट रोक्दछ । सेक्स कमजोर हुनेहरूका लागी पनि गाईको दूध महत्वपूर्ण औषधि मानिएको छ ।

६. गाईको दुधमा पाइने कैरोटीनले आँखाको कमजोर हटाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । यसको नियमित सेवन गर्नाले नेत्र ज्वती बढाउदछ ।

७. काँचो गाईको दूधले अनुहारमा मसाज गर्नाले चेहरा गोरो हुनका साथै मुलायम गराउदछ ।

८. TB का रोगीलाई नियमित गाईको दूधको सेवन गराउनाले यो रोग चाँडो निको हुन सक्छ ।

९. गाईको पहिलो दिनको बेहुती सेवन गराउनाले या बेहुती सुकाएर एक चमच विहान बेलुका सेवन गराउनाले राम्रो फाइदा हुने गरेको अनुभव धेरै वैद्यहरूको छ ।

१०. निरोगी हुन चाहना हुनेहरूले नियमित गाईको दूध खानाले विविध रोगबाट बचाउन राम्रो काम दूधले गर्दछ ।

नोट : गाईको दूध स्वास्थ्यका लागि भैसीको दूध भन्दा उत्तम मानिएको छ । गाईको दूध नै बढी प्रयोग गर्नुस् भन्ने हाम्रो राय छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु

८९ रोग निको पार्ने तुलसीको वैज्ञानिक महत्व

तुलसीको महत्व र मानव स्वास्थ्यमा यसको प्रयोग

वैज्ञानिक कारण : घरको अगाडि मठमा तुलसी किन रोपिन्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!