आयुर्वेद

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदमा अश्वगन्धालाई प्रमुख औषधिको रूपमा लिइएको छ । यसको वैज्ञानिक नाम Withania Somnifera हो । यो सोलेनेसी बर्गको बिरूवा हो । यो यसका ३००० प्रकारका जातहरु पाइन्छन् । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ ।

अश्वगन्धाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को थरीले यो औषधि सेवन गर्नाले घोडा जस्तो बलियो हुने हुनाले अश्वगन्धा हुन गएको भन्ने भनाई छ । चाहे जे होस् आयुर्वेदमा यसलाई भिटामिनको रूपमा लिएको पाइन्छ ।

यो औषधि नेपालमा उत्पादन गर्न सकिने देखिन्छ । भारतले विगत लामो समयदेखि यसको उत्पादन गरेर देश विदेशमा पठाएको छ । कम लागतमा उत्पादन गरेर राम्रो पैसा भित्राउन सकिने देखिन्छ । आजको लेखमा मैले अश्वगन्धाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछु।

अश्वगन्धाको प्रयोग यसरी गर्न सकिन्छ

१. पुरूषको लागी शुक्राणुको कमि हुनुलाई ठूलो समस्याको रूपमा लिन सकिन्छ । यसको प्रयोगले शुक्राणु बढाउने काम गर्दछ । यो औषधि दूधसंग एउटा ठूलो चमच दिनमा २ पटक खानुपर्दछ ।

२. दम र खोकीमा पनि यो औषधिले राम्रो फाइदा पर्दछ । अश्वगन्धाको चूर्णलाई हल्का मनतातो दूधसंग दिनमा २ पटक खान दिनाले दम र खोकी ठिक हुन्छ ।

३. स्वयत प्रदर सेतो पानी बग्ने समस्या भएका महिलाहरूलाई यो औषधिको सेवन गराउनाले राम्रो फाइदा गर्दछ । स्वयत प्रदरमा अशोग्धाको चूर्ण २ ग्राममा १/२ ग्राम जती वंशलोचन मिश्रण गरेर दूधसंग दिनमा २ पटक खान दिनु राम्रो फाइदा गर्दछ ।

४. अल्प विकसित स्तनलाई समेत यसको सेवनले स्तन बढाउन ठूलो मद्दत गर्छ । स्तन बढाउन इच्छा भएमा शतावरी चूर्णसंग मिलाएर दिनमा २ पटक दिने ।

५. महिलाहरूको प्रजनन क्षमतालाई समेत अश्वगन्धाले राम्रो फाइदा गराउदछ ।

नोट : यो औषधि जडिबुटी बेच्नेहरूसंग खरिद गर्न सकिन्छ । आजकाल यो औषधि हर्बल कम्पनीले क्यापसुलमा बनाएर पठाएको छ ।

यो पनि पढनुहोस्

औषधिको रुपमा बहुउपयोगी हर्रोको प्रयोग

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!