खानपान

गहतको प्रयोगबाट फाल्न सक्छ १० एम. एम. सम्मको पत्थरी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गहतलाई नचिन्ने को होला । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । गहतको सेवनले किड्नी स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।

पथरीको उपचार गहतले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

गहतको दाल खाने तरिका यस्तो छ

१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् । बाँकी बचेको १ लिटर गहतको लेदोमा शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् र खानुहोस् या खान दिनुस १० एमएम सम्मको पत्थरी झार्दछ ।

पत्थरी हुँदा के खाने ?

१. पत्थरी हुँदा गहत,खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीमा के नखाने ?

१. मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानु हुदैन ।

नोट : यस्ता घरेलु औषधिको प्रयोग पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । हामीले यसतर्फ ध्यान पुराउन सकि रहेका छैनौं यो दुर्भाग्य हो । हाम्रो घरको वरपर अनगिन्ती औषधिको भण्डार छ तर उपयोग विहिन बन्दै गएको छ ।

यो पनि पढनुहोस्

पत्थरी झार्ने औषधि

मृगौला रोग र पत्थरी फाल्ने अचूक औषधी

मिर्गौलाको दुखाई र पत्थरीको कारण र उपचार

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!