जीवनशैलीस्वास्थ्य

स्वस्थ्य जीवनशैलीका सूत्रहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

स्वस्थ्य जीवनशैलीका सूत्रहरू । जीवनलाई स्वस्थ्य वनाउन छ भने जीवनशैली स्वस्थ्य हुनैपर्छ । स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या अपरिहार्य हुन आउछ । जीवन शैली स्वस्थ्य वनाउन चाहनेहरुका लागि निम्न लिखित स्वस्थ्य सुत्रहरु उपयोगी हुन सक्छन् ।

१. राती चाढो सुत्ने र विहान ब्रम्हमूर्हुतमा (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठ्ने, उठ्ने वित्तिकै एक लिटर जति मन तातो पानी पिउने वानी वसालौं ।

२. प्रतिदिन एक घण्टा नियमित व्यायम गर्ने गरौं ।

३. खुला तथा ताजा हावा भएको ठा“उमा एक घण्टा टहल्ने गरौं ।

४. ठोस भोजन दैनिक दुई छाक मात्र होस् । वेलुकीको भोजनमा अन्नको मात्रा कम होस् ।

५. विहान वेलुकी कम्तिमा २० मिनेट प्रार्थना, पूजा, जप तप, ध्यान जस्ता एकान्तवासको अभ्यास गरौं ।

६. दैनिक तीन÷चार लिटर पानी पिउने वानी बसालौं । पानीले शरीरका विशाक्त तत्वहरुलाई निकाल्न मद्दत गर्छ ।

७. भोजन स्वादको लागि नगरेर स्वस्थ्य रहनका लागि गरौं । स्वस्थ्यकर भोजन कम स्वदिष्ट हुन सक्छ तर स्वस्थ्य रक्षाको लागि भोजन स्वस्थ्यकर नै हुनुपर्छ ।

८. खाना खादा पेटको आधा भाग अन्नले र एक चौथाइ भाग तरल पदार्थले भरियोस् । वाकी एक चौथाइ भाग वायु संचरणका लागि खाली छाड्दिउ ।

Like & Follow us on Facebook

९. शान्तिपूर्वक खुव चपाइ–चपाइ गर्ने गरौं । चपाएर टुक्रयाएको खानले पाचन संस्थानलाई अतिरित्त दवाव दिदैन । फलत पेट तथा आन्द्रहारु मजबुद हुन्छ ।

१० ज्यादा तातो वा चिसो पादार्थ खाने, चाढो चाढो खाने वा पिउने, समयमा भोजन नगर्ने वा भोकै नलागी भोजन गर्ने वानी अस्वस्थ्यकर हो ।

११. सधै शान्त र प्रशन्न रहने वानी वसालौ । डर, चिन्ता र उदासिनता जस्ता मानसिक दोषलाई प्रश्रय नदिऔं । तनावमा परेकाहरुले यसको व्यवस्थापन गरौं ।

१२ हप्ताको एक पटक कमसेकम पुरै शरीरको मालिस गराउ । अभ्याङ्ग मालिस, थाईलेण्डे मालिस, जापानिज शियात्सु मालिस तेल मालिस, अकुप्रेसर जस्ता मालिस पद्धतीहरु अपनाउदा शरीरमा स्फूर्ति वढ्छ ।

१३. स्टीम वाथ, साउना वाथ, ह्वीर्लपुल वाथ (ज्याकुजी), जस्ता स्नान विधीले छालामा रहेका पसिनाग्रन्थीहरुको रोकावट खोली दिएर बिजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्छ । यि उपचारहरु पनि हप्ताको एक चोटी आवश्य गरौं ।

१४. शरीर सोधनका यौगिक क्रियाहरु जस्तै, जलनेती, कुन्जल, एनिमा, शंखप्रक्क्षालन, द्यौती जस्ता सोधन विधीहरु हप्तामा एकचोटी गरौं । यसले शरीरको आन्तरिक स्वच्छतालाई वनाइ राख्छ ।

१५. परिवारवारका सदस्यहरुका साथ रहने गरौं । यसले एक्लोपन घटाउनुका साथै आत्मावल वढाउछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

स्वस्थ शरीरका लक्षणहरु

अस्वस्थ शरीरका लक्षणहरु

के तपाईं स्वस्थ रहन चाहनुहुन्छ ?

स्वस्थ जीवनको लागि कति र कसरी पानी पिउने ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!