स्वास्थ्य

नसा च्यापिने समस्यामा अपनाउनुपर्ने सावधानीहरू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर (आसन) हो । यसबाहेक अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिड्ने, व्यायाम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे बाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, सुर्ती जन्य वस्तु सेवन गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, डाक्टर, प्रहरी, कार्यकारी अधिकृतहरू, बैंकर्सहरू जस्ता तनावग्रस्त पेसामा संलग्न पेसाकर्मी यस समस्यका जोखिममा हुन्छन् । धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडीलागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेमा यो समस्य ज्यादा देखिएको छ। यस्ता खराब जीवनशैली भएका व्यक्तिको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ।

फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ। नसा च्यापिँदा मुख्यतः नसाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टा वा हाततिर दुख्ने, हातखुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै हातखुट्टा तथा ढाड चलाउन नसकिने, ढाडमा असहनीय पीडा हुने, उठ्दा बस्दा, हिँड्दा, खोक्दा र हाच्छिउँ गर्दा ढाड र हातखुट्टा दुख्ने गर्छ। समस्या बढ्दै गएमा, औलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुन सक्छ। समस्या गम्भीर भए मलमूत्र विसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा पर्न गई तुरुन्त आपतकालीन व्यवस्थापन गर्नुपर्ने पनि हुनसक्छ ।

Like & Follow us on Facebook

सावधानीहरू

१. नियमित रूपमा व्यायाम गर्ने बानी बसालौँ, अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याइउँछ । श्रम र व्यायामबाट पन्छिने नगरौँ । नसा च्यापिइसकेकोे अवस्थामा भने चिकित्सकको सल्लाह अनुसारका व्यायाममात्र गर्नुपर्छ ।

२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौ, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ। एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुनसक्छ ।

३. सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ । हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ ।

४. अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ ।

५. उकाली ओराली गदार्, सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ ।

६. अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ । निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नुपर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ ।

७. खोक्दा वा हाच्छि्युँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ ।

८. शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ । विशेषतः पेटलाई बढ्न नदिऊँ यसले ढाडमा अतिरिक्त दबाब दिन्छ ।

९. गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ । स्पि्रङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन ।

१०. साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामन्यतया एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ ।

११. सुत्दा सिधा सुत्ने बानी बसालौ । घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । नसा च्यापिइसकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ । सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ ।

१२. लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरि रहनुपर्छ। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौ ।

१३. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ । ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ‘ब्याक रेस्टको प्रयोग गर्ने गरौँ ।

१४. कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ । हिँड्दा ढाडको पेटी वा घा“टीको कलर लगाऔँ ।

१५. हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

नसा च्यापिने समस्याको कारण, लक्षण र उपचार

टाउको दुख्ने समस्या र यसको उपचार

कान कराउनुको कारण के हो ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!