सूचना प्रविधि

महिला उद्यमशिलता विकास कोषबाट कर्जा प्रबाहको लागि प्रस्ताब आव्हानको सूचना

नेपाल सरकार

उदधोग मन्त्रालय

घरेलु तथा साना उद्योग बिभाग

त्रिपुरेश्वर, काठमाडौँ

महिला उद्यमशिलता विकास कोषबाट कर्जा प्रबाहको लागि प्रस्ताब आव्हानको सूचना

महिला उद्यमशिलता विकास कोष (संचालन) कार्यविधि, २०६९ (दोस्रो संसोधन सहित) बमोजिम प्रचलित कानून बमोजिम महिला उद्यमीको नाममा दर्ता भई कम्तिमा १ बर्ष संचालन भएका उदधोग ब्यबसायलाई सरल र सहज ढंगले परियोजनाको कुल लागत भन्दा बढी नहुने परियोजना धितोमा कर्जा उपलव्ध गराउने कार्यक्रम संचालनमा रहेको छ । महिला उद्यमशिलता विकास कोष केन्द्रीय कोष संचालन तथा ब्यबस्थापन समितिको मिति २०७४/०७/१७ र नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४/10/०८ को निर्णयानुसार देशका सवै (७७) जिल्लाहरुमा यो कार्यक्रम विस्तार भएको छ । सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र देहाय बमोजिमका कागजातहरु संलग्न राखी सम्वन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग/समितिका कार्यालय (नवलपरासी बर्दघाट सुस्ता पूर्व र पश्चिम दुवैको हकमा घरेलु तथा साना उद्योग कार्यालय, रामग्राम तथा रुकुम पूर्वी भाग र पश्चिम भाग दुवैको हकमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, मुसिकोट) मा उक्त कार्यविधिको अनुसूची (३) बमोजिमको ढाँचामा कर्जा मागको प्रस्ताव दर्ता गर्न सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सम्वन्धित कार्यालयहरुले म्यादभित्र प्राप्त भएका रितपूर्वकका प्रस्तावहरुको प्रारम्भिक परिक्षण गरी सिफारिस सहित यथाशिघ्र यस विभागमा पेश गर्नुपर्नेछ ।

कर्जा रकम सम्वन्धित जिल्लास्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयवाट परिचालन हुनेछ । कर्जाको अधिकतम सीमा रु. ५ लाखसम्म हुनेछ । कर्जाको ब्याजदर बार्षिक ६ प्रतिशत हुनेछ । कर्जा प्रबाह भएको मितिले ३ बर्ष भित्रमा सावाँ र ब्याज भुक्तानी गरिसक्नु पर्नेछ । निर्धारित समयभित्र सावाँ ब्याज भुक्तानी गरेमा त्यस्ता महिला उद्यमीलाई कर्जाको ब्याजमा १ प्रतिशत रकम छुट दिइनेछ । कार्यविधिको अनुसूची ३ बमोजिमको कर्जा मागको निवेदनको ढाँचा सम्वन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय/समितिका कार्यालयहरुमा साथै यस विभागको वेभसाइट  http://www.dcsi.gov.np वाट समेत प्राप्त गर्न सकिनेछ । पुरुष साझेदार रहेका उद्योग व्यवसाय वा मदिरा, प्लाष्टिक झोला र सुर्तीजन्य बस्तु उत्पादन गर्ने उद्योग व्यवसायलाई यस कार्यालयवाट ऋण प्रबाह गरिने छैन । साथै म्याद नाघी आएका वा रित नपुगी पेश भएका प्रस्तावहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । बढी रोजगारी सिर्जना हुने, कृषि र बन्यजन्तु कच्चा पदार्थमा आधारित र उत्पादनमूलक उद्योगहरुलाई विशेष प्राथमिकता दिइनेछ । पेश भएका प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार केन्द्रित कोष संचालन तथा व्यवस्थापन समिति निहित रहनेछ ।

पुनश्च: यसभन्दा अघि कर्जा स्वीकृत भई लिन बाँकी रहेका उद्यमीहरुको उद्योग व्यवसाय संचालनमा रहेको ब्यहोरा सम्वन्धित कार्यालयको स्थलगत अनुगमनवाट सिफारिस भई आएमा चालु आ.व. २०७४/०७५ आषाढ मसान्तसम्म कर्जा प्रबाह हुने व्यवस्था मिलाइएको छ ।

निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु

प्रस्ताव छनौटका आधारहरु
(क) कार्यबिधिको अनुसूची ३ बमोजिमको ढाँचाको निवेदन साथ उद्यम वा व्यवसायको विवरण (क) स्थानीय स्रोत साधनको उपयोग – बढीमा २० अंक
(ख) कर्जा लगानी प्रस्तावित उदधोग व्यवसायको योजना (स्कीम), (ख) सम्वन्धित विषयमा तालिम प्राप्त उद्यमी – बढीमा १० अंक
(ग) कर्जा लगानी गर्न माग गरेको रकम, (ग) कृषिमा आधारित राष्ट्रिय प्राथमिकता प्राप्त उदधोग –   बढीमा २० अंक
(घ) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, (घ) दण्डपिडित अपांग, एकल महिला, सीमान्तकृत, अल्पसंख्यक बर्गको उद्यमी/कामदार भएमा (प्रमाण पेश गर्ने)
(ङ) कर्जा लिन चाहेको उदधोगको दर्ता (नवीकरण सहितको) प्रमाणपत्रको प्रतिलिपी (ङ) दीगोपना (वित्तीय र पूर्वाधार) – बढीमा १० अंक
(च) आयकर/मूअक (VAT/PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी (च) रोजगारी सिर्जना (संख्या) – बढीमा १० अंक
(छ) प्रस्तावित उद्यमको कुल पुँजी र यस सुचनाको प्रयोजनको लागि उद्यमीले माग गरेको कर्जा रकम खुलाई उद्यमी आवद्ध रहेको छाता संस्थाको सिफारिस

(छ) प्रदुषण नियन्त्रण- बढीमा १० अंक

थप जानकारीको लागि 
नेपाल सरकार
उदधोग मन्त्रालय
घरेलु तथा साना उद्योग बिभाग
त्रिपुरेश्वर, काठमाडौँ
फोन.: ४२५९८४२, ४२५९८४६, ४२५९८५५, ४२५९८७५
फ्याक्स.: ४२५९७४७
पोस्ट बक्स .: १०७०१
इमेल : [email protected]
वेभसाइट : http://www.dcsi.gov.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!