चिकित्सा विज्ञान

यसरी बचाउन सकिन्छ निमोनियाको असरबाट बच्चालाई

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज विश्व निमोनिया दिवस निमोनिया बालबालिकाको मृत्युको प्रमुख कारण भन्दा खासै फरक छैन । यसले विश्वमा वार्षिक १६ लाखभन्दा बढी बालबालिकाको मृत्यु गराउँदछ । नेपालमा पनि बर्षेनी करिब ३५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ, जसमा करिब ५ हजार ६ सयको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक छ ।

निमोनिया फोक्सोमा हुने संक्रमण हो, जसका कारण फोक्सोमा सुजन हुने गर्छ । यसका कारण बच्चाले छिटो-छिटो सास फेर्ने र छटपटाउने गर्छ । फोक्सोले शरीरलाई आवश्यक अक्सिजन (प्राण वायु) शरीरभित्र लैजान्छ र शरीरमा उत्पन्न विकारयुक्त ग्यासलाई शरीरबाट बाहिर निष्काशन गर्छ ।

निमोनिया विश्वमै बालमृत्युको प्रमुख कारण हो । तर, निमोनियाबाट बालबालिका लागि सुरक्षित राख्न सकिन्छ । यो रोकथाम गर्न सकिने रोग हो र रोग लागेपछि पनि सस्तो र सरल प्रविधिबाट यसको उपचार गर्न सकिन्छ ।

निमोनिया हुनुका प्रमुख कारण यस्ता छन्

१. स्टेप्टोकोकस निमोनिया – प्रमुख कारण
२. इमोफिलस इन्फ्लुएन्जा- बी दोस्रो कारण
३.श्वासनलीमा लाग्ने अन्य जीवाणु, कीटाणु र विषाणुहरू
४. एचआइभी संक्रमित अवस्थामा न्युमोसिस्टिस जिरोभेसी प्रमुख कारक हुने गर्छ ।

यस्ता छन् निमोनियाका लक्षणहरू

१. शुरुमा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने र हल्का ज्वरो आई साधारण रुघाखोकी लाग्छ र पछि गएर छिटो-छिटो सास फेर्ने वा सास फेर्न गार्हो हुन्छ ।
२. ज्वरो आउँछ (१०२ फरेनहाइटभन्दा माथि) ।
३. कोखा हान्ने जस्ता लक्षण र चिह्नहरू देखा पर्दछन् ।
४. कडा निमोनिया भएमा बच्चा खान-पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ । कसै-कसैमा सास फेर्दा अस्वाभाविक आवाज सुनिने पनि गर्छ ।

निमोनियाको उपचार

१. निमोनियाको उपचार एन्टिबायोटिक औषधिबाट गर्न सकिन्छ । यसको औषधि घरैमा बसेर सेवन गर्न सकिन्छ । सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, समुदाय स्तरका स्वास्थ्य संस्था, स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्य संस्थाहरूबाट यसको उपचार निःशुल्क गरिन्छ ।

यो पनि पढनुहोस्

निमोनियावारे एक जानकारी

एक्सरे किन गरिन्छ ?

तुलसीको महत्व र मानव स्वास्थ्यमा यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!