विज्ञान जिज्ञासास्वास्थ्य

गर्मीमा बढी पसिना आउन नदिन के गर्ने?

बढी पसिना आउन नदिने मुख्य उपाय भनेको शरीरलाई शीतल राख्नु। यसका लागि घाम चर्किएको बेला बाहिर ननिस्किने, दौडधुप र व्यायाम कम गर्ने, शीतलमा बस्ने, नियमित नुहाउने, पानी प्रशस्त खाने गर्नुपर्छ। हरियो सागसब्जीका साथै दही, मोही तथा सिजनअनुसारको पानीयुक्त फलफूल बढीमात्रामा खाने, नरिवल पानी पिउने, चियाकफी, बरफ सकेसम्म नखाने, राति अबेरसम्म नबस्ने, धैरेबेर भोको नरहने, बढी मसलादार भोजन नगर्ने, खानामा लसुनको प्रयोग कम गर्ने, अदुवा र प्याजको मात्रा बढायो भने पसिना कम आउँछ। यस्ता उपायबाट पनि पसिना कम भएन भने चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ।

बढी पसिना आउने समस्या भएको व्यक्तिलाई एलोप्याथिकमा एल्युमिनियम क्लोराइडयुक्त एन्टिपर्सपाइरेन्ट नामक औषधि दिइन्छ। होमियोप्याथिक विधि भने अलि फरक छ। आँखा बन्द गर्नेबित्तिकै पसिन आउँछ भने ब्रायोनिया, कोनियमको प्रयोग लाभकारी हुन्छ। जाडोमा पनि पसिना आयो भने नक्सभोमिका प्रयोग गर्नुपर्छ। शरीरको खुल्ला भागमा पसिना आउने समस्यामा छ भने थुजा नामक औषधिको सेवन गराइन्छ। कुनै कारणबिना नै अनुहारमा पसिना बढी आउँदा रसटक्स या सिकेलिकोर नामक औषधिको प्रयोग लाभदायक हुन्छ। लुगाले ढाकेको भागमा मात्र पसिना आउँछ भने एकोनाइट, बेलाडोना, चायना प्रयोग गर्नु राम्रो हुन्छ। निदाएको बेलामात्र पसिना आउने र ब्युँझिएपछि हराउने अवस्था छ भने कोनियम नामक औषधिको प्रयोग हितकारी हुन्छ। होमियोप्याथिक औषधिको प्रयोग योग्य तथा अनुभवी चिकित्सकको परामर्शमा गर्दा बढी लाभदायक हुन्छ।

साभार : नागरिक न्युजडा. लालितकुमार मिश्र,  सोमबार २८ भाद्र, २०७२

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!