विज्ञान जिज्ञासा

जनै किन लगाइन्छ ?

खास गरी हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ। प्राचीनकालमा पहिले शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियाे। यही दीक्षा क्रममा नै एक जनै धारण गर्नु पनि अनिवार्य नै थियाे। प्राचीनकालमा गुरुकुलमा दीक्षा लिने वा संन्यास ग्रहण गर्नु पूर्व याे संस्कार गर्ने पराम्परा थियाे । जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाइन्छ :

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।

तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।

-अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्।

हिन्द धर्ममा यसको विशेष खालको स्थान र महत्व छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान भैरहेका छन् । यसको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ। तीन फेरोलाई क्रमश: ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

वैज्ञानिक दृष्टिबाट यो लगाउदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ। यसले हृदय रोगको सम्भावनालाई कम गर्छ। चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियो सँग जोडिएको हुन्छ। पिसाब फेर्ने समयमा दाँया कानमा यो राख्नाले शुक्रको रक्षा हुनुको साथै नराम्रो सपना देख्ने पुरुषको लागि दाँया कानमा यो राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ।

कानमा यो लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्या बाट बच्न सकिन्छ। यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ। यो रेखा दाँया काँधबाट कम्मरसम्म फैलिएको हुन्छ। त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ। जसको कारण काम-क्रोधमा नियन्त्रण राख्न सजिलो हुन्छ।

यो पनि पढ्नुहोस्  

जनै धारण गर्नाका ९ फाइदाहरू

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!