स्वास्थ्य

जनै धारण गर्नाका ९ फाइदाहरू

शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो । शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ । परापुर्वक कालमा चलिआएका परम्परा जसको वैज्ञानिक कारण पनि हुने गर्दछन् । यस्तै  यस का नियमहरू पालना गर्नाले तपाई पनि निरोगी बन्न सक्नुहुनेछ । अब अाउनुहाेस् यो धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गराैँ ।

१.  स्मरण शक्ति‍काे रक्षा :

कानमाथि प्रत्येक दिन यो राख्ने र कस्ने गर्नाले स्मरण शक्तकिो क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूको कान निमोठ्ने कारण यही भएर नै हो ।

२. शुक्राकीटकाे रक्षा :

दाँया कान हुँदै जाने नसाहरूको सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा यो सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ। यसबाट मानिसको बल तथा तेज वृद्ध िहुन्छ।

३. आचरणकाे शुद्धताले बढ्छ मानसिक बल :

काँधमा यो छ भन्ने कुराको एहसास मात्रैले पनि मानिस खराब आचरण गर्नबाट हच्किन्छ । पवित्रताको एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणको शुद्धताले मानसिक बल बढ्दछ।

४.  किड्नीकाे सुरक्षा :

जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूको पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । यो धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।

५. हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : 

शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएको छ भने जनै धारणहरूलाई हृदय रोग र ब्लडप्रेसरको आशंका अन्य मानिसहरूको तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगको सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयोग पुर्याउँछ ।

६. कब्जियतबाट छुटकारा  : 

जनैलाई कानमाथि कसेर बाँध्ने नियम छ । यसो गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसको संबंध सोझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।

७.  घुर्ने बानीकाे अन्त्य : 

जनै धारण गर्ने मानिसको घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसो तात्पर्य के हो भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसको घुर्ने काम गर्दैन ।

८. दुष्ट आत्माहरूबाट रक्षा :  

दुष्ट आत्माहरूबाट रक्षा हाम्रो मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन आउँदैनन्। यसको कारण के हो भने जनै धारण गर्ने मानिस आफैँ पवित्र आत्म रूप बनेको हुन्छ र त्यसमा स्वत आध्यात्मकि ऊर्जाको विकास भएको पाइन्छ।

९.  जीवाणु-कीटाणुबाट बचावट : 

जुन मानिस जनै धारण गर्दछ र यससँग जोडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल,मूत्र त्याग गर्ने बेलमा आफूनो मुख बन्द गर्छन् । यसो गर्नाले मानिसहरू फोहोर स्थानमा पाइने जीवाणु र कीटाणुहरूको प्रकोपबाट सजिलै बच्न सक्छन् ।

यो पनि पढ्नुहोस्  

जनै किन लगाइन्छ ?

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!