साहित्य-कला

सजग बनौ है एकदम हामी

हराउला है हाम्रो प्यारो देश;

निक्कै सचेत हामी हुनु नै पर्छ

सारा नेपालीको मन र मुटुको

मायाँ यो देशमा पोख्नु नै पर्छ !!१!!

 

देश युवा बिहिन नै बनिसक्यो

कसैलाई कुनै पर्वाह अझै छैन

भु-भाग देशका मिचिदा पनि

राज्यलाई नै जानकारी छैन !!२!!

 

राज्य रोक देशमा युवाहरुलाई

मनको चाहना तिनको पुर्याऊ

ज्ञान तिनलाई दिन बरु तिमी

यो राज्यको ढुकुटी नि लुटाऊ

 

चोरी लाग्ला है कतै यो देशमा

ढाँट्नेहरुबाट सजग हुनु नै पर्छ

देशका सिमा हराउलान भनेर;

सचेत सजग सँधै रहनु नै पर्छ

 

सत्तामा रही भत्ता खानेहरुलाई

खवरदारी जनताले गर्नु नै पर्छ

देशको भु-भाग जोगाउनलाई

त्याग, बलिदान ठुलो गर्नु पर्छ !!

 

जगतको सुन्दर हो हाम्रो देश;

हिमालको शान जोगाउनु पर्छ !

खेती नै हिऊँ श्रृड्खलाको छ !!

पानीमा क्रान्ति गर्नु पनि पर्छ !

 

यो देशको जतन गर्दा गर्दै अव

जलको नि खेती मिलीगर्नु पर्छ

सिमाको रक्षा नि गर्दा गर्दै अव

आर्थिक क्रान्ति मिली गर्नु पर्छ

 

जलको भण्डार यो मेरो देशमा

पर्यटन नि उत्तम गर्न सकिन्छ !

जडीबुटी नि कति विधि यहाँ

समृद्दि यिनैले भित्र्याउनु पर्छ !!३!!

 

यस्तो सुन्दर देशलाई कसैको

नजर कहिल्यै पनि नलागोस !

हाम्रो प्राण झैँ मुलुक हेर्न हामी

कहिल्यै अन्यदेश जानुनपरोस् !!४!!

 

छताछुल्ल होला है हाम्रो देश

बेलैमा जतन सबै मिलेर गरौँ !

देशको मायाँ छाती भरी हामी

जतनगरी सजाएर मात्र राखौँ !!५!!

 

हरेक थोक यहीँ देशैमा छ

जन्म धरामा कर्म पोखे पुग्छ !

ज्ञान र विज्ञानको पनि देशमा

खेती गरे पो त देश सुन्दर बन्छ !!६!!

 

हाम्रै यो मुलुक जलको धनि

पर्यटकीय सुन्दर स्थलनै छन्

जडीबुटी, बन सम्पदाहरुले

देश समृद्द सुन्दर ताल भरपुर छ !!७!!

 

देशको माटो गोडुन युवाहरु

ज्ञानको खेति पनि सँधै गरुन !

आफ्नै देशमा वौद्दिकती रोपुन

वीज विवेकको हरपल छरुन् !!८!!

 

कर्णाली, गण्डकी, मेची, काली

सातै प्रदेश देशका समृद्द बनुन्

देशलाईजगतकोसुन्दरबनाउन

नेपाली जाती सजग भै जुटुन् !!९!!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!