राष्ट्रिय समाचारसमाचार

एपोलो ११ का अन्तरिक्ष यात्री एल्ड्रिन नेपाल आउदै

पहिलो अन्तरिक्ष यात्रा एपोलो ११ मा सहभागि सदस्य बज एल्ड्रिन नेपाल आउँने भएका छन् । ४७ बर्ष अगाडी निल आमस्ट्रनसँगै चन्द्रमामा पुगेका एल्ड्रिन नेपाल भ्रमणमा आउँन लागेका हुन् । नासाका पुराना बैज्ञानिक एल्ड्रिन एभरेष्ट साइन्स सेन्टर नेपाल, सितागंञ्ज सुनसरीको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । डा. बज एल्ड्रिनसहित चार जनाको टोली आउँदो सेप्टेम्बर ४ तारिकमा नेपाल आउने तय भएको एभरेष्ट साइन्स सेन्टरका संञ्चालक दिलिप अधिकारीले जानकारी दिएका छन्  ।

सेप्टेम्बर ४ तारिकमा नेपाल आउँने एल्ड्रिनको टोलीले ६ तारिकमा एभरेष्ट साइन्स सेन्टर सितागञ्जमा हुने कार्यक्रममा सहभागि हुने, ७ र ८ तारिकमा प्रज्ञा भवन कमलादी काठमाण्डौमा हुने कार्यक्रममा सहभागी हुने साइन्स सेन्टरका संञ्चालक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एल्ड्रिनको टोलीले माउन्टेन फ्लाईटबाट विश्वको सवोच्च शिखर सगरमाथाको अवलोकन र बुद्धको जन्मस्थल लुम्बीनिको अवलोकन गर्नेछन् ।

चन्द्रमामा टेक्ने एल्ड्रिन जीवित मध्येका एकमात्र हुन । सन १९६९ सालमा पहिलो पटक अन्तरिक्षमा मानिसले पाइला टेकेका थिए । १९६९ जुलाई २० तारिकका दिन निल अल्मस्टनले चन्द्रमामा पहिलो पटक पाइला टेकेका थिए भने त्यसको करिव ६ घण्टा पछि एल्ड्रिनले चन्दमामा पाइला टेकेका थिए । उनीहरु दुवैले करिव २ घण्टा चन्दमाको यात्रा गरेका थिए ।

केही बर्षअघि निल अलमस्टनको निधन भैसकेको छ । ३ सदस्य टोलीमध्ये एल्ड्रिन र अल्मस्टनले अन्तरिक्षमा पाइला टेकेका थिए । एल्ड्रिनसँगै उनका छोरा डा. एण्ड्री पनि नेपाल आउँदैछन् । एण्ड्री मंगलग्रहमा भविष्यमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष हुन् ।  नासाकी अध्यक्ष एलिजाबेथ लेवलेन्स, वैज्ञानिक जोसेफ लेवलेन्सपनि कार्यक्रममा सहभागि हुन नेपाल आउन तय भएको अधिकारीले बताएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!