आयुर्वेद

तान्त्रीक जडिबुटीको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तान्त्रीक जडिबुटी भन्नाले बुटि बाँधेर मात्र ठिक हुने खालका जडिबुटीलाई भन्दछन् । यस्ता जडिबुटी हाम्रो नेपालमा प्रशस्त छन् । ताजा जडिबुटी ल्याउनासाथ धागोमा बाधेर गलामा बाँध्ने चलन छ । सानो उदाहरण हजुर कुनै पनि पसलको अघि खुर्सानी र कागती झुण्डाएको देख्नुहुन्छ । यसको उद्धेश्य भनेको पसलमा कसैको आँखा नलागोस भन्ने रहेको छ । यस्ता काममा प्रयोग हुने अन्य जडिबुटी हाम्रो नेपालमा प्रशस्त छन् ।

के कस्ता खालका जडिबुटी बाँध्नाले के कस्तो लाभ लिन सकिन्छ भन्ने विषयमा जानकारी हुन आवश्यक छ । के बुटि बाँध्नाले रोग निको होला त भन्ने कुरा कतिपयलाई विश्वास नहुन सक्छ । आज मैले यसै विषयमा प्रकाश पार्ने जमर्को गर्नेछु । आजको लेखमा मैले केही चमत्कारयुक्त जडिबुटी छानेको छु यस्ता जडिबुटीबारे जानकारी पस्कने जमर्को गर्दैछु । जडिबुटी पस्कनुपुर्व यसको प्रयोग गर्ने समय, दिन, बार, नक्षत्रमा विशेष ध्यान दिनुपर्ने हुन सक्छ ।

मैले विगत लामो समयदेखि जडिबुटी रहस्य सम्बन्धि अनुभव र अनुसन्धान गर्दै आएको छु । आजको यो लेखमा बर्रोको जरो, धतुरोको जरो, आँकको जरो, चमेली फूलको जरो, गुलाबको फूल, तुलसीको जरो, निबूवाको जरो, अपमार्गको जरोबारे प्रकाश पार्नेछु । कुनै पनि जडिबुटीको वैज्ञानिक महत्व छ । यस्ता जडिबुटीमा अनुसन्धान गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

जडिबुटी र नेपाल

जडिबुटीबाट उपचार

जडिबुटी उखाल्ने समय

जडिबुटी के हो ? जडिबुटी नै प्रयोग किन गर्ने ?

चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

बुटिको प्रयोग गर्ने तरिका

१. बर्रोको जरा पुष्य नक्षत्रमा जरो र पात ल्याएर पैसा राख्ने बाक्सामा राख्नाले लक्ष्मीको बास हुनुको साथै कहिलै गरीब नहुने भनेको छ ।

२. धतूरोको जरालाई महाकालीको बिजमन्त्र ‘क्रीं’ मन्त्रले जपेर घरमा राख्नाले धनको अभाव नहुने भनेको छ ।

३. आँकको जरालाई रविपुष्प नक्षत्रमा ल्याएर दाइने हातमा बाँध्नाले धनलाभ हुने भनेको छ ।

४. चमेलीको जरालाई अनुराधा नक्षत्रमा ल्याएर गलामा धारण गर्नाले शत्रु पनि मित्र हुने भनेको छ ।

५. तुलसीको जरो पूर्वा भाद्रपद नक्षत्रमा ल्याएर टाउकोमा बाँध्नाले अग्नि भए नहुने लेखेको छ ।

६. नीबूवाको जरा उत्तरा फाल्गुनी नक्षेत्रमा ल्याएर गाईको दूधमा मिलाएर सेवन गराउनाले सन्तान प्राप्ति हुनेछ । निःसंतान स्त्री पनि सन्तान पाउन योग्य हुने भनेको छ ।

७. अपामार्गको जरालाई अश्विनी नक्षत्रमा तावीजमा भरेर सभामा जानाले मान सम्मान बढ्नुको साथै सबैलाई आफ्नो बनाउने र सबैको प्यारो हुने भनेको छ । नेता हुन चाहनालाई यसले साकार पार्ने भनेको छ ।

Like & Follow us on Facebook

नोट : जडिबुटी बाँध्नाले कुनै हानी नगरेतापनि योग्य तान्त्रीक गुरूको सानिध्यमा रहेर गर्नु भनेको छ । अनुभव प्राप्त व्यक्तिको परामर्श लिएर गर्दा पनि हुन्छ । जहाँ विश्वास छैन त्यहाँ केहिले पनि काम गर्दैन विश्वासपुर्बक गरेको जस्तोसुकै कामको सफलता मिल्ने भनेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!