स्वास्थ्य

डिप्रेशन, लक्षणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसलाई यस प्रकारको रोग किन लाग्छ भन्नेबारे जानकारी हुन आवश्यक छ । आज कामको दौडमा लागेका अधिकाँश मानिसहरू ८०% डिप्रेसन भएको तथ्य फेला परेको छ । डिप्रेसन किन हुन्छ भन्ने कुरा जान्न आवश्यक छ । डिप्रेसन हुनुमा बेरोजगार कामको खोजीमा भौतारिनुपर्ने समस्या जस्ता कारणले पनि मानिस डिप्रेसनको चपेटामा पुगेको छ ।

जब यो अवस्था गम्भिर हुदै जान्छ तब उसले आत्महत्या गर्ने प्रयास गर्न थाल्दछ । आज सवैभन्दा बढी आत्महत्या गर्ने देश कुन होला भन्ने जिज्ञाषा कतिपयलाई होला । नेपालमा पनि आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । कतिपय मानिसले आज मेरो दिमागले काम गरेको छैन भन्ने जस्ता कुरा यदि हजुरले सुन्नु भएको भए पक्कै यो मान्छेलाई डिप्रेसन भएको बुझ्न सक्नुहुन्छ । यो समयमा हटाउन जित रोजगार हुनुपर्छ वा मानिस
केहि न केहि काममा व्यस्त हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

फैटी लिभर र यसको उपचार

दाँतको रोग र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

प्राकृतिक उपचार र यसको महत्व

खोकी (Cough) र यसको उपचार

पेप्टिक अल्सर र यसको घरेलु उपचार

मुखभित्र आउने घाउ र यसको उपचार

यसको उपचार गर्न लट्ठ पार्ने खालको औषधिबाट उपचार गर्ने चलन छ । यस्ता औषधिले केहि समय उसलाई फाइदा भएपनि दिर्घकालिन समस्या समाधान नहुन सक्छ । यस्तो रोगको उपचार औषधि होइन व्यस्तता भएमा आफै निको हुन थाल्दछ । आज मैले केही होम्योपैथीक औषधिबारे यहाँ लेख्न गइरहेको छु फाइदा उठाउनु हुनेछ भन्ने लागेको छ । मेरो उद्धेश्य केवल जानकारी दिन र पब्लिकलाई आफ्नो समस्या समाधान गर्न सहज होस् भन्ने रहेको छ ।

डिप्रेसन हुनुमा अन्य कारणमध्ये जब ब्रेनमा केहि केमिकल सेरोटीन, नोर-एपिनेफ्रिन र डोपामिनको सन्तुलन बिग्रिएको अवस्थामा पनि डिप्रेसन हुने खतरा बढेको हुन सक्छ । अर्कोतर्फ टाइफाइड, इन्फ्लुएन्जाले पनि यस्तो समस्या निम्ताउन सक्छ । केहि केमिकल ड्रग्सको कारणले पनि यो समस्या पैदा गराउन सक्छ । हर्मोन्सको गडबडी, थाइराइड, पिट्यूटरी, एड्रिनल र अन्य हर्मोन्सको कारणले पनि यस्तो रोग निम्ताउन सक्छ । अन्य समस्या जस्तै आर्थिक अभाव, नोकरी वा पढाई सम्बन्धि समस्या, पारिवारिक समस्या, रिलेक्शनशिप्सको समस्या, सेक्सुअल प्राब्लम्स र शारीरिक कमजोरी आदि प्रमुख मानिएको छ ।

डिप्रेसनको लक्षणहरु

निराश हुनु, काममा मन नजानु, एक्लै बस्न मन पराउनु, सानो सानो कुरामा झगडा गर्नु, निन्द्रा नलाग्नु, रूचि नहुनु, आत्महत्या गर्न खोज्नु जस्ता समस्या देखिन सक्छ ।

Like & Follow us on Facebook

उपचार

यो सवैको समाधान गर्न होम्योपैथीक औषधि Avena Sativa Q र Biochemic Combination No-16 (Nervous Exhaustion) औषधि सवैभन्दा महत्वपूर्ण सावित भएको छ । यो औषधि होम्योपैथीक डाक्टरको सल्लाह वा यसैलाई आधार मानेर औषधि किनेर खान दिनुभयो भने राम्रो फाइदा हुने देखिन्छ ।

मात्रा : Avena Sativa Q यो औषधि १० देखि १५ थोपा औषधि १/२ कप पानीमा राखेर दिनमा २-३ पटक र Biochemic Combination No-16 (Nervous Exhaustion) ४ गोली दिनमा ३ पटक खान दिनाले राम्रो फाइदा गर्दछ ।

नोट : औषधि सेवन गर्दा डाक्टरको परामर्शमा चलाउने गर्नु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!