टिप्सयौन जिज्ञासा

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

-डा. खेम कार्की

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता  हुनुपर्छ ।

दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन । सम्भोगको  अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी ५ चरण पार गर्नुपर्छ ।

१. चाहना

यौन आनन्दको पहिलो चरण होचाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पनादृश्यआवाजवासनाकुराकानीस्पर्शअश्लील चित्रचलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।

२. उत्तेजना

यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले  पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेकोमांसपेशीहरू थोरै कस्सिएकोसामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

३. धारणा

यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वासमुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेकोयोनी उचालिएकोेयौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

४. चरम आनन्द

यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वासमुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ ।

५. समापन

सहवासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँचदस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन । (साभार : हेल्थ टुडे)

यो पनि पढ्नुहोस् 

यौन दुर्वलता घटाउने उपायहरु

गर्भावस्था र यौनसम्पर्क

हप्तामा २-३ पटकसम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!