अचम्मको संसार

कस्तो अचम्मको बिज्ञान यौन इच्छा जागेको थाहा पाउन सकिने

एजेन्सी। यो विज्ञान र प्रविधिको जमाना हो । त्यसैले धेरै असम्भव कुराहर सम्भव भएका छन् । यस्तै एउटा असम्भव कुरा विज्ञानले सम्भव गराएको छ । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसको माध्यमबाट मानिसमा यौन इच्छा जागृत भएको पत्ता लाग्नेछ । त्यति मात्र होइन, यो प्रविधिसँगै अर्को यस्तो पहिरन तयार गरिएको छ, जुन मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ।

यो अनौठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले बनाएको हो । कम्पनीले यो अनौठो डेस इंटिमेसी २.० नामबाट एक फैशल प्रोजेक्टअन्तर्गत तयार गरेको हो । यो पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ।

यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ । सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट कपडा कायम हुनेछ। यो अनौठो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । कम्पनीकाअनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ। यति मात्र होइन, कम्पनीले योभन्दा पनि एडभान्स भर्सन बनाउन तयारी सुरु गरिसकेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!