घरेलु उपचारहेल्थ टिप्स

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल श्वास गन्हाउने समस्या धेरै व्यक्तिहरूलाई देखिन थालेको छ । यस्ले गर्दा आफुलाई मात्र होइन साथीहरूलाई समेत अप्ठयारो पारेको हुन सक्छ । यसको ठोस कारण खाएको खानाको कण सड्नु तर कहिलेकाही मुख भित्रबाट नभई भित्रैदेखि नै श्वास गनाउने गरेको पनि पाइन्छ । श्वास गन्हाउने समस्याबाट मुक्त हुन तपाईँले बिहान बेलुकै दाँत माझ्ने गर्नुभएको पनि हुनसक्छ । तर थाहा पाइराख्नोस्, दाँत नमाझेको कारणले मात्र यस्तो समस्या उत्पन्न हुँदैन ।

यस्तो समस्या हटाउन खाना लगत्तै ब्रस गर्ने त्यसपछि ल्वाङ, अलैंची चबाउने गर्नुपर्छ । मुख गन्हाउने अर्को प्रमुख कारण पायरिया र गिजामा हुने ब्याक्टेरिया पनि हो । यसका लागि योग्य चिकित्सक कहाँ गएर उपचार गर्ने तथा खानापछि नियमित ब्रस गर्ने गर्नुपर्छ । बिहान उठेपछि चाहिँ सफा हातले दाँत रगडी राम्रोसँग मुख कुल्ला गर्नुपर्छ ।

श्वास गन्हाउने कारण

कोही कसैलाई भने कुनै रोगको औषधि सेवनपछि प्रशस्त मात्रामा पानी नपिएका कारणले पनि मुखमा दुर्गन्धको समस्या उत्पन्न हुन्छ । कतिपयमा भने खानपानको कारणले पनि यो समस्या देखा पर्छ । खासगरी मसलायुक्त खाना, माछामासु, काँचो लसुन, प्याज खाँदा पनि श्वास गन्हाउने गरेको पाइन्छ । मसलायुक्त खाना र माछा मासुमा भएको तेल हाम्रो मुखभित्र टाँस्सिरहने र कुल्ला गर्दा पनि नजाने भएकाले पनि केही घण्टासम्म मुख गन्हाइरहन्छ ।

श्वास गन्हाउने कारण गिजाको समस्या, पायरिया, डायबेटिज, टिबी, ग्यास्टि्रक आदिमध्ये कुनै एकको कारणले समेत श्वास गन्हाउने समस्या उत्पन्न हुने गर्छ । यस्तो समस्या भएकाहरुले ती रोगको उपचारसँगै प्रशस्तै पानी पिउनु तथा जडिबुटीबाट बनाइएको धुलोले दन्तमन्जन गर्नु लाभदायक हुनेछ ।

पेट सफा नहुनु तथा ग्यास्टि्रक हुनु पनि मुख गन्हाउने अर्को प्रमुख कारण हो । यो समस्या भएकाहरुले चाहिँ बढीभन्दा बढी पानी पिउने, मसलारहित सादा र सन्तुलित खाना लिने, खाना खाँदा राम्ररी चपाएर मात्र निल्ने गर्नुपर्छ । जुनबेला पायो त्यो बेला खाने नगरी खाना खाने समय रुटिनजस्तो निश्चित बनाउन सके झनै लाभदायक हुन्छ ।

घरेलु उपचार

१. नियमित दाँत ब्रस गर्ने जिब्रो सफा राख्ने ।

२. ग्रीन टीको प्रयोगले पनि श्वास गन्हाउने समस्या बाट बचाउन सकिने छ । ग्रीन टीमा एंटीबैक्ट‍िरियल कंपोनेंट हुने भएकाले राम्रो फाइदा गर्दछ ।

३. श्वास गन्हाउने समस्या भएकाहरूले प्रसस्त पानी पिउनु पर्छ । यसो गर्नाले मुख भित्रको फोहर कण सफा भएर यो समस्या हल हुन सक्छ ।

४. अनारको बोक्रालाई पानीमा उमालेर कुल्ला गर्नाले पनि श्वास गन्हाउने समस्या हल हुन्छ ।

५. धनियाको दानालाई चपाउनाले पनि यो समस्या हल हुन्छ । धनियामा माउथफ्रेशनर गर्ने गुण भएकाले श्वास गन्हाउने समस्या हल गर्दछ ।

६. तुलसीको पात चपाउनाले पनि श्वास गन्हाउने समस्या हल हुन्छ ।

७. तोरीको तेल र नुन राखेर दाँत राखेर मनजन गर्नाले पनि श्वास गन्हाउने समस्या हल हुन्छ ।

८. लौंग र सौंफ दैनिक चुस्नाले श्वास गन्हाउन ठिक हुन्छ ।

९. बेलौतीको पात चुस्नाले पनि श्वास गन्हाउन ठिक हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सास गनाउने समस्या र यसको उपचार

मसलाको राजा ल्वाङ र मानव स्वास्थ्य

दाँतको रोग र उपचार

सुकमेल र मानव स्वास्थ्य

औषधिको रुपमा बहुउपयोगी दालचिनीको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!