राष्ट्रिय समाचार

चुरे क्षेत्रको वन अतिक्रमण रोकिने : मन्त्री भण्डारी

मोरङ, कार्तिक १३, २०७३ चुरे क्षेत्रको वन अतिक्रमण रोकिने : मन्त्री भण्डारी । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण रोक्न सबै दल एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।  प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चुरे क्षेत्रमा भइरहेको वन अतिक्रमण रोक्न आफूले सकेसम्म पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “राजनीतिक दलले विकासका नाममा भाषण मात्र गरेर हुँदैन, वन तस्करी गर्नेलाई रोक्न सहयोग गर्नुपयो ।” अर्काे एक फरक प्रसङ्गमा नेपाली काँग्रेसका नेता भण्डारीले अदुअआ प्रमुखविरुद्धमा काँग्रेसले बोल्न नहुने बताउँदै भन्नुभयो“सत्ता गठबन्धन दललाई थाहा नदिई गरिएको महाभियोगको प्रस्ताव मान्य हुँदैन ।”

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!