विचार-विश्‍लेषणविज्ञान

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन कुकुर तिहार वा नरक चतुर्दशीका दिन घर घरमा सुरक्षा गर्ने कुकुरको गुणको कदर गरेर मानिसले पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाईन्छ ।  कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्षको वारेमा चचा गरौ ।

वैज्ञानिक पक्ष

कुकुर इमान्दार र वफादार जनावर पनि हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ।

वास्तवमा कुकुर यौटा यस्तो प्राणी हो, जसले भविष्यमा हुने घटनाहरूलाई र इथर माध्यम (सूक्ष्म जगत)का आत्माहरूलाई देख्न सक्ने क्षमता राख्दछ । कुकुरले कैयौं किलोमिटरसम्मको गन्ध सूध्न सक्छ र अपराधीलाई पत्ता लगाउछ । ज्योतिषशास्त्र अनुसार  कालाे कुकुर जुन ठाउँमा बस्दछ त्यहाँ नकारात्मक उर्जा टिक्न सक्दैन । त्यही कारणले कालाे कुकुरमा एकै पटक दुर्इ शक्तिशाली ग्रह शनि र केतुकाे प्रभाव हुन्छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । यसो गरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ ।

वैज्ञानिकहरूले कुकुरबारे अध्ययन गरेर यसका गुणहरूलाई पाँच मुख्य चरित्रमा विभाजन गरेका छन् । ती हुन् ः लाडलापन, निर्भीकता, लखेटोपन, मिलनसारिता र आक्रमकता। यसको स्वभावमा बंशाणुगत गुणका साथै सामाजिक र वातावरणीय परिवेश अनुसार प्रभावित भएको हुन्छ, र जंगली ब्वाँसोको चरित्रसँग धेरै मेल खान्छ । अस्ट्रेलियामा पाइने डिङ्गो नामक जनावर एसियाबाट परापूर्व कालमा मानिससँगै पसेको कुकुर हो ।

चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ । तत्कालीन सोभियत सङ्घले सन् १९५७ नोभेम्बर ३ (विसं २०१४ कात्तिक१८ गते) मा ‘लाइका’ नामक कुकुरलाई अन्तरीक्षमा पठाएको थियो ।

किन पालिन्छ कुकुर ?

कुकुर एक वफादार प्राणी हो, जसले हरेक किसिमका खतराबाट पहिले नै अन्दाज लगाउन सक्छ। प्राचीन एवं मध्यकालमा मानिसहरू जंगली जनावर र लुटेराहरूबाट बच्न कुकुर पाल्दथे।  बंजारा आदिवासी जातीका मानिस कुकुर पाल्दथे ताकि हरेक खालका खतराबाट पहिले नै सतर्क हुन सकुन । आर्यावर्तमा जंगलमा बस्ने साधुसन्त कुकुर यस कारण पाल्दथे ताकि कुकुरले उनीहरूलार्इ कुनै पनि खतराकाे पूर्व सूचना दिन्थ्याे। आजकल मानिसहरू घरमा कुकुर किन पाल्छन् भने कुकुरले उनीहरूकाे घरलार्इ चाेर अादिबाट रक्षा गराेस्।

अपशकुन

कुकुर पालन खतरनाक पनि हुन सक्छ र फाइदा पनि । कुकुरले तपाईंलाई राजाबाट रंक र रंकबाट राजा सम्म बनाउन सक्छ । कुकुर भुक्ने अनेक कारणहरू हुन सक्छन त्यस्तै रूने पनि कैयौं कारण सकारात्मक र नकारात्मक दुवै नै हुन्छ । शास्त्र अनुसार कुकुरले घरको चारै तिर घुमेर रोयो भने अपशगुन या अद्भुत घटना घट्न सक्छ । यस्को सम्बन्छ इन्द्रसंग सम्बन्धित भय मानिन्छ ।

शुभ कार्यको समयमा कुकुरले बाटो रोक्छ बिसमता या अनिश्चय प्रकट गर्छ । कुकुरलाई प्रत्येक दिन भोजन दिनाले दुश्मनहरूको भय मेटिन्छ र मानिस निडर हुन्छ । यसको अलावा कुकुर पाल्नाले लक्ष्मी आउँछिन र कुकुरले घरको घरका रोगी सदस्यको रोग आफैले लिन्छ । यदि सन्तानको प्रगति भइरहेको छैन भने कालों कुकुर पाल्नाले सन्तानको प्राप्ति हुन्छ्र । ज्योतिषिका अनुसार केतुको प्रतीक हो कुकुर । कुकुर पाल्ने या कुकुरको सेवा गर्नाले केतुको अशुभ प्रभाव समाप्त हुन्छ । कुकुरलाई गुलियो रोटी खुवाउनु पर्छ ।

यो पनि पढ्नुहोस्    

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुर तिहारको वारेमा पौराणिक कथन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!