धर्म-सस्कृतिविचार-विश्‍लेषण

कुकुर तिहारको वारेमा पौराणिक कथन

१३ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार वा नरक चतुर्दशीका दिन घर घरमा सुरक्षा गर्ने कुकुरको गुणको कदर गरेर मानिसले पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकुर तिहारको वारेमा पौराणिक कथन यस्तो छ ।

पौराणिक कथन

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । यमराजको प्रियभक्त कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ।

आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार आज मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ । आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

लाल किताबका अनुसार कुकुर भनेकाे केतु शुभ हाेस् भन्ने हेतुले पाल्ने गरिन्छ । तर यसाे भनेर कुकुर पाल्नेबित्तिकै केतु शुभ भइहाल्ने हाेइन कुण्डलीकाे विश्लेषण गरेपछि मात्र ज्याेतिषीकाे सिफारिसमा कुकुर पाल्ने सल्लाह दिइन्छ। कुकुर पाल्नु खतरनाक पनि हुन सक्छ र फाइदाजनक पनि हुन सक्छ । त्यसैले कुकुर पाल्नुभन्दा पहिला कुनै ज्योतिष वा लाल किताबका विशेषज्ञसँग अावश्यक सल्लाह अनिवार्य मानिएकाे छ। कुकुरले तपार्इंलार्इ राजाबाट रंक र रंकबाट राजा बनाइदिन सकछ।

इस्लाम धर्मका अनुसार जुन घरमा कुकुर हुन्छ त्यस घरमा फरिश्ता (देवदूत) हरू अाउँदैनन्। ऋग्वेदकाे एक स्थानमा जघन्य शब्द निकाल्ने श्वानहरूकाे उल्लेख गरिएकाे पाइन्छ, जुन विनाशकाे सन्दर्भमा प्रयुक्त भएकाे छ। मान्यता के छ भने कुकुरलार्इ प्रसन्न राख्नाले त्यसले तपार्इंकाे वरिपरि यमदूतलार्इ पनि ढिम्कन दिँदैन। कुकुरलार्इ देखेर सबै प्रकारका दुष्ट आत्माहरू टाढा भाग्दछन्।

शनिलार्इ प्रसन्न पार्नका लागि बताइएका विशेष उपायहरूमध्ये एक उपाय हाे घरमा कालाे कुकुर पाल्नु। जुन मानिसहरू कुकुरलार्इ खाना खुवाउँछन् उनीहरूसँग शनिदेव अत्यन्त प्रसन्न हुन्छन् । कुकुरलार्इ तेलमा पकाइएकाे रोटी खुवाउनाले शनिका साथसाथै राहु-केतुसँग सम्बन्धित दोषहरूकाे पनि निवारण हुन जान्छ। राहु-केतुकाे योग कालसर्प योगसँग पीडित व्यक्तिहरूलार्इ याे विशेष लाभदायक छ।

आज बिहानै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका पनि रहेको छ । यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।

यो पनि पढ्नुहोस्    

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!