साहित्य-कला

मेलम्चिलाई हाम्रो निम्तो

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

 

मेलम्चि म आएँ हैं तिमीलाई,

यो तिमी बसेको नदीसम्म नै तिमीलाई भेट्न ।

काठमाण्डुमा आउने निम्तो तिमीलाई यो मनैले दिन्!!

 

हरेक नेपाली छौँ उता,बसेका

तिम्रो बाटो हरपल हेर्दै !!

कहिले आउँछ्यौ मेलम्ची भनि सँधै

तिम्रो नै बाटो कुर्दै !!

 

तिमी आउँनु नेपालीको अव

घर ,घर र टोलमा टोलमा भेट्न र बस्न् !

नेपालीको आँत रषाउँदै

मुटु भित्र नै बस्न् !!

हरेक नेपालीको अव तिमी

तिर्खालाई सँधै मेटाउन् ।

नेपाल जलको भण्डार हो भन्ने कुरा

जगतलाई चिनाउँन् !!

 

आउ भन्ने असल मनहरुको

पत्रलाई म मनभरी लिएर;

आएकिछु दिनलाई तिमी हाम्री,

मित्र हौ यो कुरा बुझेर !!

पत्र मेरो मनको भाव शव्दमा कोरेर छोडेँ;

यो पत्रको भाव बुझेर छिट्टै आऊ है भने !!

 

नेपालीका मन महलमा

बसेर तिमी सँधै अव सजिनु ।!

नेपालिको छातिको,प्यासलाई !

हाँसेर धित मरुन्जेल बुझाउनु !!

 

खोलामा बगग्दछ्यौ यहाँ बसेर

मेलम्चि सँधै नै तिमी;

नेपालीको छाती भिजाऊ है आई

काठमाण्डौमा रमेर तिमी ।

 

अब उठी आउनु है तिमी,

यो बगरको माथीबाट;

नेपाली रहरको भर्यागं बनाई,

चड्नु है मनबाट!

कतै धराको बाटो हिँडदै कतै सुरुड्गबाट छिर्दै ;

राजधानी बस्न आऊ असल मार्ग हिँड्दै !!

 

निम्तो तिमीलाई छ मेलम्चि,

आउ है यो काठमाण्डु

नेपालीहरुको छातिको अब तिर्खा ,

मेटाउ म यति भन्छु!!

 

तिमी मेरो निम्तोलाई तिम्रो मुटु,

माझ राखि आउनु !!

सहर हेर्न आउँदा तिमी ,

कोसेली भने पानी प्रस्स्त मात्र ल्याउनु !!

 

कोसेलीको भारीमा पनि ,

तिमी आफैं मात्र बस्नु ;

हरेक नेपालीको तिमी ,

घर भित्र रमाई रमाई पस्नु !!

 

निम्तो हो मेरो तिमीलाई ,

दिलको पनि अनुरोध हो ;

जसरी नि आउ है तिमी,

बुझाउँनलाई प्यास हाम्रो!!

 

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षका हुनुहुन्छ । 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!