अन्तर्राष्ट्रिय समाचारपर्यटन

बिना अक्सिजन मनास्लु हिमाल आरोहण

 काठमाडौं, कार्तिक १२ । बिना अक्सिजन मनास्लु हिमाल आरोहण ! क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन बिना नै मनास्लु हिमाल आरोहण गरेका छन् । ८,१५६ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । श्वासप्रश्वासको रोगी समेत रहेका जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिएका छन् ।८ हजार मिटर माथिका सबै हिमाल चढ्ने योजनामा रहेको बताउने जेम्स बिना अक्सिजन सगरमाथाको पनि आरोहण गर्ने दाबी गरे । आधारशिविरबाट २२ दिनमा हिमाल आरोहण गरेको बताउने उनी आफू १३ वर्षको उमेर छँदादेखि नै नेपालका हिमाल आरोहण गर्ने सोचाइ बनाएको बताए । गोरखाको उत्तरी सामागाउँमा रहेको यो हिमाल चढ्न वर्षेनी सयौं व्यक्ति मनास्लु पुग्छन् ।

भूकम्पका कारण केही प्रभाव परेपनि गोरखाको माथिल्लो उत्तरी क्षेत्रमा पर्ने मनोरम मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ । हिमाल आरोहणका लागि मात्र नभई विशिष्ट किसिमको सामाजित, सांस्कृतिक परिवेश र भू-दृश्य, दुर्लभ वन्यजन्तुको अवलोकनका लागि समेत यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।

सम्वन्धित तस्वीरहरु हेनुहोस ।

 
 
 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!