आयुर्वेदघरेलु उपचार

पेट दुख्ने समस्या र यसको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पेट दुख्नुको प्रमुख कारण भनेकै खानपिनको लापरबाही भन्दा खासै फरक पर्दैन । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिलेकहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ । खाद्य पदार्थ संक्रमित हुने भएकाले यस्तो समस्या देखा पर्नु सामान्य हो । दुषित पानी वा कोल्ड डि्रंकको सेवन, स्टि्रट फूड अर्थात फुटपाथमा राखिएको खानेकुराको सेवन, खाना खानसाथ तुरुन्त पानी पिउँदा, काँचो खानेकुरा सेवन गर्दा, पूर्ण रुपले पेट सफा नहुँदा, आन्द्रामा कुनै समस्या हुँदा, पेटमा ग्यास बनेको कारण आदि अवस्थामा पेटमा समस्या हुनसक्छ ।

जब हामीलाई बिसन्चो हुन्छ, जानी वा नजानी एलोपैथिक औषधी किनेर खान्छौ । यस्ता औषधीले पीडाबाट छुटकारा त दिन्छ तर, शारीरिक स्वास्थ्यमा भने असर गरिरहेको हुन्छ । त्यसैले सकेसम्म घरेलु औषधी सेवन गर्नु नै बढी फाइदाजनक हो, जो सहजै उपलब्ध हुन्छ, सस्तो पर्छ र साइट इफेक्ट पनि हुँदैन ।

घरेलु उपचार

१. पेट दुख्नुको कारण धेरै हुन सक्छ । प्राथमिक उपचारको रूपमा ज्वानोलाई पिसेर त्यसमा बिरेनुन मिलाएर १ चमच दिनमा २ पटक खानु पेट दुख्न कम हुन्छ ।

२. मुखबाट अमिलो पानी आउने गर्छ र पेट पोल्छ भने अभिपत्तिकर चुर्ण १ चमच दिनमा २ पटक खानाले यो समस्या हल हुन्छ ।

३. वायु गोला ,गानो गोलाको कारणले पेट दुख्ने गरेको भएमा हिंग्वास्टक चुर्ण खानाको बिचमा १ चमच दिनमा २ पटक खानाले यो रोग निको हुन्छ ।

४. ग्यास्टिकको कारणले पेट दुख्ने गरेको भएमा अभिपत्तिकर चूर्ण, हिंगवास्टक चूर्ण, त्रिफलाचूर्ण समभाग मिलाएर १ चमचको मात्रामा दिनमा २ पटक खानाले पेटको सवै रोग निको बनाउदछ ।

५. पेटको रोगमा कब्जियतको ठूलो हात छ । पेटको रोगमा त्रिफला चूर्ण (हर्रो,बर्रो,अमला ) दैनिक राती खानाले सवै प्रकारको रोग निको हुन्छ ।

नोट : पेट दुख्नुको कारण धेरै हुनसक्छ । पेट सम्वन्धित रोग लागेमा आयुर्वेदिक डाक्टरको परामर्श लिएर उपचार गर्नु राम्रो हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

सास गनाउने समस्या र यसको उपचार

मसलाको राजा ल्वाङ र मानव स्वास्थ्य

दाँतको रोग र उपचार

सुकमेल र मानव स्वास्थ्य

औषधिको रुपमा बहुउपयोगी दालचिनीको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!