स्वास्थ्य

मस्तिष्क रक्तस्रावको कारणहरु, लक्षणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मस्तिष्क रक्तस्रावको कारणहरु, लक्षणहरु र उपचार ! यो रोगमा अचानक मस्तिष्कको रक्तनली फुट्नाले एक ठाउँमा जम्मा भई मस्तिष्कको अन्य भागमा दबाब दिन थाल्दछ । यस्तो अवस्था शुरु हुनुलाई मस्तिष्कगत रक्तस्राव भएको वा हुन थालेको भनेर बुझ्नुपर्छ ।

प्रमुख कारणहरू

१. यस्तो हुनुको प्रमुख कारणमध्ये उच्च रक्तचाप यसको प्रमुख कारण मानिएको छ ।

२. टाउकोमा चोट लाग्नु (Head injuries) ।

३. ब्लड क्यान्सर (Blood Cancer) ।

४. रगतमा प्लेटलेट कण अत्यधिक घट्नु धेरै कम हुनु ।

५. रगत पातलो हुने खालको औषधिको सेवन बढी गर्नु ।

लक्षणहरु

मस्तिष्कमा रक्तस्राव हुनुभन्दा अघि देखिने प्रमुख लक्षण यस्तो हुनसक्छ :

१. प्रथम अवस्थामा टाउको बेसरी दुख्न सक्छ ।

२. चक्कर र उल्टि आउन सक्छ ।

३. हात खुट्टा फाल्ने या हल्लने हुन्छ ।

४. पहिलो अवस्थामा मानीस सुस्त देखिन्छ भने पछि बेहोस हुदै जान थाल्दछ ।

५. सास लामो लामो फेर्न थाल्दछ र पछि अनियन्त्रित हुन थाल्दछ ।

६. रोगीलाई ज्वरो आउन थाल्दछ भने आँखा अर्कोतर्फ घुम्न थाल्दछ ।

७. कतिपय रोगी बोल्न सक्दैनन् ।

८. कहिलेकाहीँ एकातिरको हात र खुट्टा न चल्ने प्यारालाईसिसको अवस्थामा पुग्न सक्छ ।

उपचार र परामर्श

गाउँघरमा यस्तो अवस्था देखिएमा तुरुन्त हस्पिटल रिफर गर्ने र जति चाँडो हुन सक्छ उपचार गर्ने ब्यबस्था मिलाउन आवश्यक हुनसक्छ । यस्ता रोगीको उपचार झारफुक गर्ने जस्ता काम गर्नुहुदैन । जतिसक्दो चाँडो हस्पिटल पुराउन सके समयमा विरामीको ज्यान जोगाउन सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

उल्टी (Vomiting) र यसको उपचार

फेसियल प्यारालाईसिस र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!