राजनीतिराष्ट्रिय समाचार

मंसीर २१ गते ५ बजेदेखि पहिलो चरणको मतगणना हुने

१७ मंसीर, काठमाडौँ । पहिलो चरणको चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ।

मंसिर १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ।‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ।’सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!