हेल्थ टिप्स

यसरी घरमै तयार गरौं प्राथमिक उपचार बक्स (First Aid Box)

यसरी घरमै तयार गरौं प्राथमिक उपचार बक्स (First Aid Box) । भनिन्छ दुर्घटना अचानक घट्दछ । अपर्झट दुर्घटना घटिहाले हामी सर्वप्रथम चाँडो भन्दा चाँडो डाक्टर कहाँ पुग्ने वा डाक्टरलाई बिरामीसम्म बोलाउने कुरा सोच्दछौं तर सबै परिस्थितिमा तत्काल डाक्टर कहाँ पुग्न वा डाक्टरलाई आफु कहाँ बोलाउन सम्भव हुदैन । दुर्घटना घटिहाले, डाक्टरको उपचार सुरुहुनु पूर्व विरामी वा घाइतेलाई प्राथमिक उपचार (First Aid) दिनुपर्ने हुन्छ । प्राथमिक उपचार दिन प्राथमिक उपचारका सामाग्रीहरु चाहिन्छन् । प्राथमिक उपचारका सामाग्रीहरु संकलन गरेर एउटा बाकसमा हालेर राख्ने गरिन्छ । यो वाकसलाई First Aid Box Or First Aid Kit भन्ने गरिन्छ । जागरुक मानसिकता भएका मान्छेहरू आफ्नो घरमा First Aid Box राख्ने गर्दछन् । दुर्घटना घट्न सक्ने स्थानमा यो अवश्य राख्नु पर्दछ । यातायातका साधानहरुमा पनि First Aid Kit हुनु पर्छ । सार्वजनीक सरोकारका कार्यालयहरु जस्तै सरकारी कार्यालय, स्कुल, कलेज, प्रयोगशाला अनुसन्धानशाला, व्यापारिक भवन, कारखाना आदिमा First Aid Kit हुनै पर्छ ।

कहाँ राख्ने First Aid Box ?

सबैले थाहा पाएको ठाउँमा राख्नु पर्दछ । यो First Aid Box मा के–के छन भन्ने जानकारी सबैलाई हुनुपर्दछ र ती सामाग्रीहरुको प्रयोग कसरी गर्ने भन्ने पनि प्रयोग कर्तालाई जानकारी हुनु जरुरी छ । First Aid Box कहाँ राखेको छ भन्ने कुरा सबैलाई थाहा हुनु पर्दछ ताकि आपतकालिन स्थितिमा द्ययह खोज्न समय बर्वाद नहोस ।

के-के राख्ने First Aid Box मा ?

First Aid Box मा आपलकालिन औषधि र सामाग्रीहरुको संकलन गरिएको हुन्छ । दुर्घटना घट्न सक्ने हरेक ठाउँमा प्राथमिक उपचारको बाकस राख्न जरुरी छ । यो वाकसमा निम्न लिखित सामाग्रीहरु संकलन गरेर पहिले नै क्रमबद्ध तरिकाले राख्नुपर्ने हुन्छ ।

१. सफाई गर्ने औषधि

घाँउ, चोटपटक लाग्दा सर्वप्रथम घाँउलाई सफा गर्नका लागि सेवलान, डेटोल विटाडिन, पोभिडोन आयोडिन वा सोफ्रामाइसिन सोलुसन जस्तो औषधि राख्नुपर्छ ।

२. दुखाई कम गर्ने औषधि

प्यारासिटामोल (Paracetamol) आइवोप्रोफिन (Ibuprofen) डाइक्लोफिनाक (Diclofenac), नेप्रोसेन (Neproxin) टाम्राडोल (Tramadol), मेफताल स्पास (Meftal Spas) ।

३. दुखाई कम गर्ने मलम

आयोडेक्स, भोलिनी जेल, डी.एफ.ओ जेल, सैलिफ जेल, मूभ आदि ।

४. दुखाई कम गर्ने स्प्रे

भोलीनी स्प्रे, डी.एफ.ओ. स्प्रे, रेलीस्प्रे, मुभ स्प्रे, ओम्नी जेल आदि ।

५. ज्वरो कम गर्ने औषधि

प्यारासिटामोल, निको, क्रोसीन, सिटामोल आदि ।

६. एलर्जीको औषधि

सिट्रीजीन, एलेग्रा

७. विटाडीन मलहम

८. उल्टी/बान्ता रोक्ने दवाई

डोमपेरिडान डोमाकेयर, एवोमीन इत्यादि ।

९. पखाला रोक्ने दवाई
मेट्रोन डी.एफ., रेसेस्यडोट्रिल, डोट्रिल ।

१०. ORS

जीवनजल, नवजीवन आदि ।

११. एण्टीवाइटिक मलहम

पोलीमाइसिन, म्यूपिरोसिन ।

१२. क्रेप ब्याण्डेज

१३. स्टिराइल गजपिस ।

१४. थर्मामीटर, टर्च, अक्सिमीटर, बिपी सेट ।

१५. व्याण्डएड

१६. कैची

१७. सूचरिङ्ग नीडील्स

१८. कटन रोल

१९. हाइड्रोजन पेरोक्साईड

२०. मेडिकल मास्क, ग्लोब्ज र क्याप

२१. टिस्यू पेपर, प्रेट्रोलीयम जैली ।

२२. प्रयोग पुस्तिका

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

पखला र यसको उपचार

रोटाभाइरस रोकथाम र प्राथमिक उपचार

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

योगी नरहरिनाथ अस्पताल

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!