खानपान

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पुदिनामा औषधि गुण छ भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । गाउघरमा हामीले चट्नीको रूपमा पुदिना खाने गरेका छौं । प्रकृतिले हामीलाई औषधि दिएको छ । पुदिना रोपौ स्वास्थ्य लाभ उठाउँ पुदिना लोप हुनबाट जोगाउ भन्ने नारा सबैले उठाउन आवस्यक भइसकेको छ । आजको लेखमा मैले पुदिनाका फाइदाहरु र प्रयोगबारे प्रकाश पार्नेछु ।

यो पनि पढ्नुहोस्

निगुरो खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

च्याउका खानुका फाईदाहरु

चिप्ले भिन्डी खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

बेथेको साग र यसका फाइदाहरु

फाइदाहरु

१. पुदिना ग्यास्टिक लगाएत पेटका रोगीलाई राम्रो फाइदा गर्दछ । पुदिनामा भिटामिन ए पाइने भएकाले पनि यो धेरै उपयोगी भएको छ ।

२. पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरियाको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ ।

३. यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ ।

४. यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । पुदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ । आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ । पुदिनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ ।

५. पुदिनाको अचार बनाएर खादा खाना राम्रोसंग पच्ने खाना धेरै खाइने हुन्छ ।

६. आजकल आयुर्वेदिक कम्पनीले पुदिनाको तेलको टेब्लेट बनाएर बजारमा पठाएको छ ।

Like & Follow us on Facebook

प्रयोग

१. पुदिनाको पात पिसेर त्यसको लेप अनुहारमा लगाउँदा दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो हुन्छ ।

२. ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

३. पुदिना, तुलसी, अदुवा ,बिरेनुन र कालीमरिचलाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

४. यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पातलाई पानीमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई,दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

५. यसको चटनी (अचार) बनाएर नित्य खाएमा पेटको सबै समस्या निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!