आयुर्वेद

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो जंगलमा लगाउन सकिने बर्रो बहुउपयोगी औषधिको रूपमा प्रयोग हुदै आएको छ । ठाउँ अनुसार यसको नाम फरक-फरक छ । नेपालीमा बर्रो, हिन्दीमा बहेडा, संस्कृतमा विभीत, अंग्रेजीमा बेलेरिक मिरोबोलम, लैटिन भाषामा टर्मिनेलिया बेलेरिका नामले पुकार्ने चलन छ । हर्रो, बर्रो, अमला मिश्रण गरी त्रिफला नामको औषधि बनाईन्छ । आज मैले यसको प्रयोगको बारेमा प्रकाश पार्नेछु ।

यो जंगलमा सवैभन्दा बढी पाइने फल अन्तर्गत पर्दछ । हामीले यसको फलको बोक्रा बढी प्रयोग गर्दछौं । यो औषधिको प्रयोगमा आउनुको साथै तान्त्रीक रूपमा पनि हामीले यसको प्रयोग गर्दै आएका छौं । बर्रो आजकल हाम्रो जंगलमा लोप हुने अवस्थामा छ । यस्ता औषधिको संरक्षण गर्न अति आवश्यक भएको छ । औषधिको क्षेत्रमा यो अग्रणी स्थानमा गनिन्छ । यसको फलको रंग हल्का पहेलो हुन्छ भने स्वादमा मिठो हुन्छ ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

नीम र यसको प्रयोग

कालो तिल र यसको प्रयोग

धनिया र यसको प्रयोग

धतुरो र यसको प्रयोग

जामुन र यसको प्रयो

गाजा र यसको उपयोगिता

बर्रोको उपयोग कब्जियत हटाउन प्रयोग गरिन्छ । यसको सेवन गर्नाले भोक जगाउदछ । टाउको दुख्ने, आँखा र दिमागलाई समेत स्वस्थ राख्दछ । कफ हटाउन राम्रो काम गर्दछ । बर्रोको नियमित सेवनले कपाल कालो बनाउन समेत मदत्त गर्दछ । स्वर बसेमा खोल्ने काम समेत यस्ले गर्दछ । यसको प्रयोगले नशा सम्बन्धित रोग,खुन साफ गर्न, टिबीको रोग हटाउन यस्ले राम्रो मद्दत गर्दछ । वैज्ञानिक मत अनुसार यसको रासायनिक विश्लेषण अनुसार यस्को फलमा १७ प्रतिशत टैनिन २५ प्रतिशत पाइन्छ ।

औषधिको रुपमा बर्रोको प्रयोग

१. हात खुट्टा पोल्ने समस्यामा

हात खुट्टा पोल्ने समस्या देखिएमा बर्रोको भित्री दाना पिसेर लगाइदिनु फाइदा गर्दछ ।

२. कफको रोगमा

कफको रोगमा बर्रोको पातमा दुईभाग चिनी राखेर पकाउने र कफको रोगमा सेवन गराउनाले राम्रो फाइदा गर्दछ ।

३. सेक्स पावर बढाउन

दैनिक एउटा फलको बोक्रा सेवन गर्नाले सेक्स पावर बढाउदछ ।

४. आँखाको ज्योति बढाउन

आँखाको ज्योति बढाउन बर्रोको फलको बोक्रा मसिनो गरी पिसेर मिश्री समभाग मिलाएर सेवन गराउनाले आँखाको ज्वती बढाउदछ ।

५. दमको रोगमा

दमको रोगमा बर्रोको पात र धतुराको पात बराबर पिसेर चुरोट जस्तै या हुक्कामा राखेर तान्नाले दमको रोग निको हुन्छ ।

६. कपाल झर्ने समस्यामा

कपाल झर्ने समस्या देखिने भएमा बर्रोको फलको बोक्रा राती पानीमा भिजाएर राख्ने विहान बाल धुनाले कपाल झर्न रोक्दछ ।

Like & Follow us on Facebook

७. पखला लागेमा

पखला लागेमा बर्रोको फल जलाएर थोरै बिरेनुन मिलाएर सेवन गराउनाले पखला रोक्ने काम गर्दछ । बर्रोको रूखको बोक्रालाई ताछेर ल्याउनुस १,२ ल्वाङ र मह मिलाएर सेवन गराउनाले पखला लागेमा रोक्दछ ।

८. सेतो दाग हटाउन

सेतो दाग स्वयत कुष्ट रोगमा बर्रोको बोक्रा पिसेर दल्नाले क्रमस यो रोग निको हुन्छ ।

९. अन्य प्रयोगमा

बर्रोको जरा पुष्य नक्षत्रमा ल्याएर धन पैसा राख्ने ठाउँमा राख्नाले लक्ष्मीको बास हुन्छ भनेको छ ।

नोट : औषधि सेवन गर्दा वैद्य र अनुभवी व्यक्तिको परामर्शमा चलाउन राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!