स्वास्थ्य

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार बहुउपयोगी र गुणकारी फल हो । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ ।

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु यस प्रकार छन् ।

१. कागती पानीको शेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि विकास गर्न मद्दत गर्दछ ।

२. यसले क्षयरोग, मलेरिया आदि जस्ता रोगहरुबाट बच्न पनि मद्दत गर्दछ ।

३. यसले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रालाई व्यालेन्समा राख्न मद्दत गर्दछ ।

४. रगत शुद्धीकरण र रगतको गति प्रवाहलाई नियन्त्रण गर्दछ ।

५. उच्च रक्तचापलाई कम गर्न पनि मद्दत गर्दछ ।

६. यसले दम, एलर्जी आदिको लक्षणहरुबाट मुक्त गर्दछ ।

७. गर्भवतिको अवस्थामा यसले पेटभित्रको बच्चाको हाड जोर्नी बलियो बनाउन पनि मद्दत गर्दछ ।

८. कागतीमा भिटामिन “सी” पाइने हुनाले यसको सेवनले मोटोपन कम गर्न समेत मद्दत गर्दछ ।

९. कागती पानीको सेवनले पाचनशक्तिको क्षमता बृद्धिमा मद्दत गर्दछ ।

१०. कागती पानीको नियमित सेवनले तपाईको अनुहारको छालाको समस्यालाई कम गर्दछ ।

११. आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन्न ।

१२. बहिरोपन भएमा कागतीको रसमा दालचिनीको तेल मिलाएर कानमा हाल्नाले फाइदा गर्दछ ।

१३. शरीरको मोटापन हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले

मोटापन कम हुन्छ ।

१४. आधा कागतीको रसमा दुई चम्चा मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!