अचम्मको संसार

फोटो खिच्न ४० वर्षसम्म एउटै कपडा लगाउने मानिस

एजेन्सी  मानिस फोटो खिचाउनु छ भने सकेसम्म नयाँ कपडा लगाउन मन पराउँछन् । तर, फोटो खिच्न कसैले ४० वर्षसम्म एउटै कपडा लगायो भन्दा तपाईं पत्याउनुहुन्छ ? यो अपत्यारिलो कुरा सत्य हो । अमेरिकाको टेक्सास सहरको डल्लासस्थित प्रेस्टउड स्कुलका शिक्षक डेल इर्बीले भने ४० वर्षसम्म एउटै स्विटर र सर्ट लगाएर फोटो खिचेका छन् । स्कुलको स्मारिकाका लागि उनले आफ्नो फोटो खिचाउँदा ४० वर्षसम्म उस्तै लुगा लगाएको कुराको अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटमा व्यापक चर्चा छ ।

उत्तम फोटो त्यो हो जसले दर्शकलाई फोटोको विषयवस्तुबारे तत्काल र भावनात्मक रुपमा सोच्न बाध्य बनाउँछ। उत्कृष्ठ कुनै तस्वीर आफैंले पुरा कथा भनिरहेका हुन्छन्। फोटोग्राफरहरुले होशियारीपूर्वक प्रकाश र रंगको प्रयोग गरेर दर्शकहरुलाई प्रभावित पारी प्रतिक्रिया पाउने अवस्था सृजना गर्न सक्छन्।

सन् १९७३ मा पहिलो र दोस्रो फोटो खिचाउँदा उनले यति लामो समयसम्म एउटै रंगको स्वेटर र सर्टमा फोटो खिचाउँला भन्ने सोचेका पनि थिएनन् । ४० वर्षसम्म त्यही पोसाकलाई प्राथमिकता दिनुको कारण भने उनकी श्रीमतीको आग्रह रहेछ । पहिलो र दोस्रो स्मारिकामा एउटै पोसाक लगाएको उनी आफैँलाई पनि थाहा रहेनछ । त्यो देखेपछि उनकी श्रीमतीले तेस्रो वर्ष पनि उही पोसाक लगाउन आग्रह गरेकी रहिछिन् ।

उनले त्यो ‘जोक’लाई लगातार ४० वर्षसम्म निरन्तरता दिए । ‘यो सर्ट र स्विटरमा अहिले प्वाल परिसकेको छ, तर यो रमाइलो स्मरणका लागि काफी छ,’ दुई वर्षअघि स्कुलबाट सेवानिवृत्त भइसकेका डेल भन्छन्, ‘यी लुगा स्टाइलिस थिएनन्, सुरुको भन्दा पछिल्ला वर्षमा यी कपडा टाइट पनि भएका थिए । तर, पनि मैले यी कपडालाई लगाएँ ।’

साभार : नयाँ पत्रिका दैनिक

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!