वास्तुशास्त्र

बेडरुममा राख्न नहुने यी ५ चिजहरु

वास्तशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । रातको निन्द्राले एकातिर थकान मेट्छ भने अर्कातिर मानसिक शान्ति प्रदान गर्छ । तर सुत्ने समयमा गरिने स साना गल्तीले जीवनमा विभिन्न किसिमका समस्या आइपर्न सक्छन् । वास्तुशास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ जुन शयन कक्षमा राख्दा नकारात्मक शक्ति आकर्षित हुँने गर्छ । वास्तुशास्त्र अनुसार बेडरुममा यी ५ चिज राखे सर्वनाश हुन्छ ।

यो पनि पढनुहोस्

वास्तुशास्त्र अनुसार अध्ययन गर्ने कक्ष हुनुपर्छ यस्तो

वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता

जान्नुहोस् ! वास्तुशास्त्र अनुसार के गर्ने र के नगर्ने ? केहि उपयोगी टिप्सहरु

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

वास्तुशास्त्र अनसार घरमा गरिबी र अशान्ति निम्त्याउँने ५ दोषहरु

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

१. सिरानीतर्फ पानी

सुत्ने बेलामा कहिले पनि सिरानीतर्फ पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ ।

२. जुत्ता चप्पल

सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।

३. मोवाइल, ल्यापटप

मोवाइल, ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ ।

Like & Follow us on Facebook

४. तेल

सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।

५. ऐना

आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!