टिप्सस्वास्थ्य

दाँत कसरी माझ्ने ?

सानो उमेरमा आमाबुवाले  तपाईंलाई दाँत ब्रस गर्न सिकाउनु भयो होला। तर, दाँत माझ्ने सही तरिका कुन हो भन्ने ठ्याक्कै उत्तर भने अहिलेसम्म थाहा हुन नसकिएको अनुसन्धानकर्मीहरू बताउँछन्। दाँत नियमित माझ्ने गर्दा यसले सम्पूर्ण शरिरमा सकारात्मक प्रभाव पार्छ । हामी दिनैपिच्छे दाँत माझ्छौ । यद्यपि, दाँत माझ्ने उचित तरिका थाहा नपाउँदा हाम्रो दाँतसँगै मुखको स्वास्थ्य कमजोर भएको छ ।

दाँत कसरी माँझ्ने भन्नेमा थुप्रै सुझाव र उपाय पाइन्छ । तर, ती सबै सही नहुन पनि सक्छन् । अमेरिकन डेन्टल एशोसियशनलले दिनमा दुई पटक दाँत माझ्नु पर्ने सुझाव दिएको छ ।  दाँत माझ्ने सही तरिका समेत सुझाएको छ ।

उचित ब्रसको छनौटः दाँत राम्रोसँग माझ्ने हो भने सर्वप्रथम तपाईले उचित ब्रसको छनौट गर्न जरुरी छ । तपाइलाई कस्तो ब्रस ठिक हुन्छ भन्ने कुरा तपाईको दाँतमा भर पर्दछ । तपाइको आवश्यकता अनुसारको ब्रस छनौट गर्न सक्नु भएन भने तपाईको दाँत र मुखको स्वास्थ्यमा उल्टो असर पर्न सक्छ ।

यदि दाँतमा रहेको प्लाक हटाउने हो भने नरम ब्रसको उपयोग गर्नु लाभदायक हुनेछ । तर, दाँतको भित्री कुनामा समेत सफा गर्नुपर्ने र नमिलेको दाँत छ भने तपाइलाई केही कडा खालको ब्रस उपयुक्त हुनेछ । तर कडा ब्रसको ब्रिसेत अर्थात टुप्पो भने सानो हुनुपर्नेछ ।

दाँत माझ्ने वा ब्रस गर्ने पनि विधि हुन्छ । ब्रसलाई तल–माथि चलाएर गर्ने । दाँतको भित्रको भागमा पनि ब्रस पुर्याउने । धेरै दबाब नदिने । जबर्जस्त ब्रस गर्दा पनि गिजालाई धेरै नै बिगार्न सक्छ । ब्रस किन गर्ने भन्ने कुरा पनि बुझ्नुपर्छ । मुखमा अड्केको खाना निकाल्ने नै हो । कतिपय अवस्थामा राम्रोसँग कुल्ला गर्दा पनि मुख सफा राख्न सकिन्छ ।

समयको जानकारीः हामी समय भए आरामले लामो समय लिएर दाँत माझ्छौ भने हतार भए केही सेकेन्डमै काम सक्छौं । सामान्यतयः दाँत माझ्दा तपाई दुई मिनेट समय लिनोस् । यो समय केही लामो लाग्न सक्ला तर सामान्य र स्वस्थ दाँतको लागि यो उपयुक्त समयावधि हो । दाँत माझेर मात्र हुँदैन, सफा र स्वस्थ पनि हुनु पर्दछ ।

सकेसम्म बेलुका खाना खाइसकेपछि ब्रस गर्यौं र बिहान ब्रेक फास्टपछि ब्रस गर्यौं भने मुख सफा राख्न सकिन्छ । योसँगै केही खाइसकेपछि मुख राम्रोसँग कुल्ला गर्नुपर्छ, ताकि दाँतमा अड्केको खाना निस्किओस् । हामीले दाँत चम्काउन मात्रै ब्रस गर्ने होइन । दाँतमा अड्किएका खाद्यपदार्थ निकाल्न र चिया–कफी, चिल्लो–अमिलो, गुलियो–पिरो र विभिन्न पदार्थ पखाल्न पनि ब्रस गर्ने हो । दाँतमा खाना अड्कँदा सिन्काले घोँच्नु राम्रो हुँदैन । किनभने, यसले गिँजालाई बिगार्न सक्छ ।

निरन्तरताः दाँत माझ्ने रुटिन नै बनाउनु होस् । हामी ब्रसलाई तल–माथि त कोही दायाँ–बायाँ गर्दै चलाउँछौ । तर यो उचित तरिका होइन । ब्रसलाई ४५ डिग्रीको कोणमा ढल्काएर दाँत माझ्नु उचित विधि हो । सबै दाँतमा र भित्र बाहिर समान समय दिई दैनिक दाँत ब्रस गर्नुपर्दछ ।

जिब्रो पनि सफा गर्नुहोस्ः हामीले दाँत मात्रै ब्रस ग¥यौ भने त्यो पूर्ण सफाई हुँदैन । दाँत माझ्दा जिब्रो पनि सफा गर्न छुटाउनु हुँदैन । कतिपयले दाँतमात्रै माझ्ने गरेका कारण उनीहरुको मुख सफा हुँदैन । श्वासको दुर्गन्ध हटाउन र मुखमा ताजगी ल्याउन जिब्रो सफा गर्नु अनिवार्य छ ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

दाँत किराले कसरी खान्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!