स्वास्थ्य

स्वस्थ शरीरका लक्षणहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

स्वस्थ शरीरका लक्षणहरु यस्ता छन् थाहा पाउनुहोस् :

१. शरीरमा कुनै प्रकारको दुःख, कष्ट र असहजताको अभाव ।

२. मनमा पिर, व्यथा र वेदनाहरुको अभाव ।

३. राती गहिरो निन्द्रा पर्ने । दिउँसो निन्द्रा नलाग्ने ।

४. बिहान उठे पछि शारीरिक एवं मानसिक स्फूर्ति कायम रहने ।

५. निश्चित समयमा न साह्रो न खोले दिशा नियमित लाग्ने ।

६. प्राकृतिक रुपमै भोक लाग्ने ।

७. दिनैभरी काममा जोश जाँगर र उत्साह रहिरहने ।

८. छाती बाहिर र पेट भित्र पसेको आकृति हुने ।

९. शरीरमा अनावश्यक बोसो नलाग्ने ।

१०. आत्म, ईन्द्रिय र मन सदैव प्रसन्न रहिरहने ।

११. नथाकिकन घण्टौ सम्म काम गर्न सक्ने क्षमता ।

१२. रचनात्मक काममा लागि रहने प्रवृति ।

१३. कुनै प्रकारको नसालु पदार्थ, मादक पदार्थ र उत्तेजक पदार्थको चाहना नहुनु ।

१४. अनुहार÷मुहारमा कान्ती झल्किनु ।

१५. आँखामा चमक र निर्मिकता झल्कनु ।

१६. वाणी मधुर हुनु ।

१७. अनुहारमा मुस्कान / हरेक पल मुस्कुराई रहनु ।

१८. मनमा सदैव सकारात्मक विचार मात्र आईरहनु ।

१९. सदैव यौवन र नवशक्तिको अनुभूति आईरहनु ।

२०. सबै शारीरिक क्रिया सामान्य रहिरहनु ।

२१. रगत, दिशा, पिसाब, खकार आदिमा कुनै प्रकारको गढबढी नदेखिनु ।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

नसा च्यापिने समस्या र यसको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!