हेल्थ टिप्स

कागती पानी पिउनुका फाइदाहारू

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

कागती हिमाल पहाड तराई जहाँ कहिँ पनि पाईने फल हो। आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ । अचार, तरकारी दाल सर्वत् लगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्य को दृष्टिले विशेष महत्व राख्दछ। कागती भिटामिन ‘सी’ को उपयुक्त र सर्वसुलभ श्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुयाउँदछ । कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपुर्ण भूमिका खेल्दछ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
१ . कागतीमा प्रशस्त पाईने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।
२. कागती स्वादमा अमिलो भएपनि यो क्षरीय बर्गको फलफुल हो । कागती पानीको नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।
४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।
५ . कागती पानीले पाचन क्रियालाई पनि मजवुत वनाउन सहयोग गर्दछ ।
६ . कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।
७ . कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्याउदछ।
९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका अदा गर्दछ।
१० . कागतीले युरिक एसिडलाई समन गर्न मद्धत गर्दछ।
११. कागतीले रक्ताचाप नियन्त्रण गर्न मद्धत गर्दछ।
१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
१३ हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।
१४. कागती पानीको नियमित सेवनले बढेको तौल घटाउन पनि मद्धत गर्दछ ।
१५. छालाका दाग धब्बा हटायर छालालाई चम्किलो बनाऊदछ ।

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा कागतीको प्रयोग

कागती

औषधीको रुपमा कागतीलाई कुन-कुन रोगमा प्रयोग गर्न सकिन्छ ?

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!