विज्ञान जिज्ञासा

के हो विमानको ब्ल्याक बक्स ? 

हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र सबै विमान दुर्घटना भएपछि यसको ब्ल्याक बक्सको खोजी गरिन्छ । ब्ल्याक बक्स भनेको खासमा रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना नुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुने भएकोले दुर्घटनाका बेला जहाजमा कस्तो माहौल थियो भन्ने थाहा हुन्छ । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ?

विमान जस्तोसुकै दुर्घटनामा परेपनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्सलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो मानिने धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । यो जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । आगो लागेको विमानमा मात्रै नभएर समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । शायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो ।

ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन्, एउटा एफडीआर र अर्को सीभीआर । एफडीआर भनेको फ्लाइट डाटा रेकर्डर हो, जसले विमानको उडानसम्बन्धी डाटा रेकर्ड डिभाइसको भूमिका खेल्छ भने सीभीआर भनेको कक्पिट भ्वाइस रेकर्डर हो, जसले विमान चालकहरुको पछिल्लो हिस्ट्री एवं आवाजलाई रेकर्ड गर्छ । ब्ल्याक बक्समा रेकर्ड भएको आवाज कहिले पनि सुखद नभई जहिले दुःखलाग्दो नै हुन्छ ।

यो पनि पढनुहोस् 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिरो २ र २ जिरो भनेको के हो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!