अन्तर्राष्ट्रिय समाचारमुख्य समाचार

विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङ्गको निधन

एजेन्सी, ३० फागुन। विश्वविख्यात वैज्ञानिक एवं ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामक सर्वाधिक बिक्री भएको प्रसिद्ध पुस्तकका लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा बेलायतको लण्डनमा निधन भएको छ ।

हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’ सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।

हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् । हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

यो पनि पढ्नुहोस् 

हकिङ्गको आइन्स्टाइन र ग्यालिलियोसँग अनौठो संयोग

Black Hole (कृष्ण छिद्र) भनेको के हो ? यसले कसरी असर गर्दछ ?

संसारको अन्त्य वारेमा स्टेफन हकिङग्सको जवाफ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!