अन्तर्राष्ट्रिय समाचारविज्ञानसमाचार

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार एलिसन र होन्जोलाई

१५ असोज, काठमाडौं ।  सन् २०१८ को चिकित्सातर्फको नोवेल पुरस्कार अमेरिकाका जेम्स पी एलिसन र जापानका ताकुसु होन्जोलाई प्रदान गरिएको छ । क्यान्सर उपचारमा सक्रिय उनीहरुले क्यान्सर थेरापीमा पत्ता लगाएको नयाँ उपचार पद्धति अन्तर्गत शरिरमा क्यान्सर रोगको प्रतिरोधात्मक क्षमताको बारेमा खोज गरेकोले नोबल पुरस्कार दिइएको हो ।

७६ वर्षका डा. होन्जो जापानको क्योटो विश्वविद्यालयमा लामो समयदेखि प्रध्यापन क्षेत्रमा सक्रिय छन् । यसअघि उनले ओसाका विश्वविद्यालय, टोक्यो विश्व विद्यालय र ‘नेश्नल इन्स्टिच्युट अफ हेल्थ वासिङ्टन’मा अनुसन्धाताको रुपमा कार्यरत थिए । ७० वर्षीय डा. एलिसन टेक्सास एमडी एन्डरसन क्यान्सर सेन्टरमा इम्युनोलोजी विभागका प्रमुख हुन्।

क्यान्सर रोग उपचारको इतिहासमै एक फड्को मार्न सकेको भन्दै उनीहरुको नाममा सोमबार पुरस्कार घोषणा भएको हो । भिन्दाभिन्दै तवरले कार्यरत डाक्टरद्धय एलिसन र होन्जोले विकास गरेको उपचार विधिलाई नोवेल पुरस्कार छनोट समितिले ‘क्यान्सर थेरापीमा संसारकै एक नयाँ सिद्धान्त’ भन्दै प्रशंशा गरेको छ । (एजेन्सी)

यो पनि पढ्नुहोस् 

विज्ञान क्षेत्रमा अल्फ्रेड नोवलको योगदान

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!