हेल्थ टिप्स

मेथी र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मेथी हाम्रो भान्साको शोभा भन्दा खासै फरक नपर्ने देखिन्छ । दाल झान्दा प्राय: मेथी फूराउने र झान्ने प्रचलन बढी देखिएको छ । मानिसले जानेर होस वा नजानेर होस यस्ता बस्तुबाट फाइदा लिइरहेको छ । परापूर्वकालदेखि नै मेथिलाई भान्छाको सुगन्धका रुपमा मानीदै आएको छ । मेथी खाँदा तितो स्वाद भएतापनि यसले हाम्रो जिवनलाई स्वाद र स्वास्थ्यमा नवीनतम उपहार दिंदै आएको छ।

मेथीलाई हामी तरकारी एवंम मसलाका दुवैका रुपमा प्रयोगमा ल्याउन सक्छौ । मेथी आयुर्वेदिक दृष्टिले हाम्रो शरिरका लागि एकदमै स्वास्थ्यवर्धक छ । मेथी कतिपय रोगको दवाइ पनि हो । मेथीमा पोटासियम र भिटामिन जस्ता पोषक तत्वहरु पाइन्छ । मेथीको हरियो पातमा अधिक आइरन पाइन्छ । जसले शरिरमा रहेको कमजोरीपन नष्ट गर्दछ । यसले खोकी, कफ, ज्वरो, टीवी जस्ता खतरनाक बिमारीहरुलाई रोकथाम गर्दछ । साथै मेथीको प्रयोगले शरीरमा भएको कमजोरीपन, दाँतको सडनबाट बचाउँछ ।

हार्टअटैक

मेथीको दानाले कोलस्ट्रेल लाई नियन्त्रण गर्दछ । जसले हर्टअटैक को जोखिम न्यून गर्दछ । आफ्नो भोजनमा मेथीको साग या मेथीको दानाको प्रयोग गर्नुहोस् ।

पिसावको समस्या

चाँडो चाँडो वा घरिघरी पिसाव लाग्ने समस्या भएका मानिसहरुलाई पानी मेथी लाभदायक हुन्छ ।

पेटका जुका

मेथीले पेटका जुकाको समस्या हटाउँदछ ।

फेसप्याक

मेथीको दाना पिसेर फेसप्याक लगाउनाले चाउरी, कालोधव्वा आदि हटाएर अनुहारमा कान्ती ल्याउँछ । मेथीको दानालाई पानीमा उमालेर पानी सेलाएपछि अनुहार सफा गर्न सकिन्छ । मेथीको हरियो पत्ता पिसेर पेष्ट बनाइ अनुहारमा लगाएर १५ मिनेटपछी धुन सकिन्छ । जसबाट धेरै लाभ मिल्दछ ।

ज्वरो आएर घाँटी दुखेमा

ज्वरो आएको छ र घाँटी पनि दुखेको छ भने शुद्ध महमा एकचम्चा कागतीको रस र मेथी मिलाएर खाएमा चाँडै यी रोगबाट मुक्ति मिल्छ ।

यौन क्षमता बढाउन

मेथीको दानाको प्रयोगले पुरुषमा यौन क्षमता बढाउँछ , मेथीलाई मसालाको रुपमा दैनिक आफ्नो खानपानमा समावेश गरेमा यो शक्तिवद्र्धक र प्राकृतिक औषधी भन्दा कम छैन ।

सुत्केरी आमाको लागि

मेथीमा धेरै प्रकारको पौष्टीक पदार्थ पाइन्छ । जसको सेवनले सुत्केरी आमाको दुध बढाउने काम गर्दछ ।

आगोले पोलेको दाग

मेथीको विउ रातमा भिजाएर विहान पेष्ट बनाइ पोलेको ठाँउमा लगाएर सुकेपछी सफा पानीले धुने गर्नुहोस । यो प्रकृया केही दिनसम्म नियमित अपनाएमा पोलेको दाग हराएर जान्छ ।

आँखाको कालोघेरा

रातमा भिजाएको मेथीको दाना विहान पेष्ट बनाएर आँखाको कालो घेरामा लगाउने वा हरियो मेथीको पत्ता पिसेर लेप लगाउनाले पनि आखामुनीको कालो घेरा हराएर जान्छ ।

मोटोपन

मोटोपनका कारण दिक्क हुनुहुन्छ भने राती भिजाएको ठुलो चम्चा मेथीको पानी छानेर विहान पिउने गर्नुहोस ।

ज्वरो

मेथी खाएमा ज्वरो, कफ र पेटको गैस हट्छ ।

सुत्केरी समस्यामा

बच्चाको जन्मपछी सुत्केरी आमाको गर्भाशयको समस्या, गर्भाशय संकुचित नभएको वा प्रसव पीडा भएमा त्यसलाई पनि नष्ट गर्दछ ।

पेटको समस्या

पेट पोल्ने समस्या छभने मेथीको सूकेको पात महमा मिलाएर दिनमा २ पटक सेवन गर्नाले ठिक हुन्छ ।

*सावधान : मेथी गर्मी स्वाभावको भएको हुनाले यसको धेरै मात्रा सेवन गर्नु उचित हुँदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

तिते करेला खानुका फाइदाहरु

केराउ र चना खानुका फाइदाहरु

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!