स्वास्थ्य

नाथ्रो फुट्ने रोग र यसको उपचार

नाथ्रो फुट्ने रोग र यसको उपचार । आजकल मानिसहरू नाकबाट रगत आउने समस्याले पीडित बढि देखिन थालेका छन् । गर्मी मौसममा यो समस्या अझ बढी देखिन्छ । नेजल ब्लिडिङ नाकबाट रगत दुई तरिकाबाट आउँछ । एउटा नाथ्रोको अगाडिबाट र अर्को नाकको पछाडिबाट । सामान्यतया नाकको सबैभन्दा अगाडि रहेको रक्त नलीबाट रगत प्रबाह हुन्छ । नेजल ब्लिडिङलाई समएमै उपचार गर्न सकेमा सजिलै नियन्त्रण गर्न सकिन्छ । घरमै वा चिकित्सकको सामान्य सल्लाहमा यसको सहज उपचार हुन्छ ।

यस्तो रोग प्राय: थोरै मानीसलाई हुने गर्छ । विशेष गरी वृद्धबद्धामा यस्तो समस्या देखिन्छ । नाकको पछाडिपट्टीको रक्त नलीबाट रगत प्रबाह हुन्छ । नेजल ब्लिडिङ हुँदा अस्पतालमा नै भर्ना भएर इएनटी विज्ञको सहयोगमा उपचार गर्नुपर्ने हुन्छ । नेजल ब्लिडिङ गर्मी, सुख्खा र चिसो मौसमा हुने गर्छ । सामान्यतया सबै उमेरका मानिसमा यस्तो समस्या देखिएपनि ५० देखि ८० वर्ष उमेरका मानिसमा नाथ्रो फुट्ने बढी समस्या हुन्छ ।

नाथ्रो फुट्ने कारण

नाकमा चोट परेमा नाथ्रो फुटी रगत आउने गर्छ । नाकको बाहिर हल्का चोट वा भित्र पीडा भएमा वा चिसो वा सुख्खाबाट नाकभित्र जलन भएमा पनि नाथ्रो फुट्छ । गर्मीको समयमा पानी कम खाँदा नाकमा सुख्खा भएमा नाथ्रो फुट्छ । रगत जम्न नसक्दा पनि यस्तो समस्या हुन्छ । एस्पिरिन लगायतका औषधी र कलेजो सम्बन्धि कुनै रोगले पनि रगत जम्नबाट रोक्छ । उच्च रक्तचापका कारण पनि नाकबाट रगत आउन सक्छ ।

प्राय एउटा नाकको प्वालबाट मात्र रगत बग्छ । यदि रगत धेरै वगेको छ भने दुईओटा प्वालबाट नै रगत बग्छ । कहिलेकाही नाकको रगत घाँटी र पेटसम्म पुग्न गई बिरामीलाई वान्ता आउन सक्छ । नाकबाट अत्यधिक रक्तश्राब भएमा धमिलो देख्ने, टाउको झमझमाउने, मनमा दुबिधा बढ्ने र कमजोरीको अनुभव हुन्छ ।

आज मैले यो रोगको सरल उपचार बारे प्रकाश पार्ने जमर्को गर्दैछु । यो रोगको सुरुमा कागती नीबूवा निचरेर रस निकाल्ने र २-४ थोपा नाकमा थोपा चुहाउने । यसो गर्नाले नाकबाट बग्ने जस्तोसुकै रगत किन नहोस् बन्द हुन्छ । हामीले विगत लामो समयदेखि भन्दै आएका छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

मिर्गौलाको पत्थरी फाल्ने घरेलु उपाय

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!