स्वास्थ्य

उल्टी (Vomiting) र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

उल्टी हुनुको प्रमुख कारण के हुन सक्छ भन्ने कुरा जान्नु आवश्यक छ । आज हामीले उल्टी किन हुन्छ भन्ने बारेमा प्रकाश पार्ने जमर्को गर्दैछौं । उल्टी हुनु रोग नभएर अर्को रोगको लक्षण हुनसक्छ । खानपिनको लापरबाहीले पनि उल्टी हुनसक्छ । फुड पोइजबको कारणले पनि उल्टी हुनसक्छ । यात्रामा हिड्दा पनि उल्टी हुनसक्छ ।

उल्टी हुनुको अनेकौं कारण हुनसक्छ । प्रमुख कारण मध्ये गैस्ट्राटिस आमासय म्युकस मेम्ब्रेन सुनिनुको कारणले पनि उल्टी हुनसक्छ । दुखाई कम गर्ने खालका औषधिको कारणले पनि उल्टी हुनसक्छ । शरीरमा वायरस प्रवेश गरेर पनि उल्टी हुनसक्छ ।

गेष्ट्राइटिसको कारणबाट हुने उल्टीको लक्षण

गेष्ट्राइटिसको रोगीले केहि खाना साथ उल्टी हुनसक्छ । गेष्ट्राइटिसको रोगीको उल्टीमा रगत पनि देखिन सक्छ । गैष्ट्राइटिसको रोगीको दिशा कालो हुनसक्छ ।

रोगको परिक्षण

गेष्ट्राइटिस परिक्षण इन्डोस्कोपीको परिक्षणबाट यो रोगको पहिचान चाडो हुनसक्छ । आमाशयको पुरानो रोगमा ‘हैलिकोवैक्टर पाइलोरी’ नामक जीवाणुको कारणले पनि उल्टी हुनसक्छ । कहिलेकाही ‘भिटामिन बी १२’ को कमीले हुने गेष्ट्राइटिसको उपचारमा यो इन्जेक्सन दिनाले राम्रो फाइदा हुनसक्छ ।

यस्ता रोगीलाई रेनिटेडिन, फेमोटिडीन दबाईले राम्रो फाइदा देखाउन सक्छ । कब्जीयतको (Constipation) लामो समयसम्म रहिरहे भने पनि उल्टी हुनसक्छ । यस्तो समस्या कम उमेरमा भन्दा पाको उमेरको व्यक्तिमा बढी देखिन सक्छ । यस्तोमा हरियो सागसब्जी, फलफूल बढी प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उपचार

१. आराम गर्ने ।

२. भोजन हल्का दिने मसला युक्त खाना बन्द गर्ने ।

३. टेट्रासाइक्लिन, क्लोरप्रोमाजीन, ब्रुफिन आदि औषधि खान नदिने ।

दिशा निर्देशन

तन्त्रमन्त्रमा समए खेर नफाल्ने नजिकैको स्वास्थ्य समस्थामा गएर डाक्टरको प्रामर्श अनुसार उपचार गराई हाल्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

यौन रोग ग्रेनूलोमा वेनेरियम र यसको उपचार

फेसियल प्यारालाईसिस र यसको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!