जीवन-दर्शन

छोरी घरकी लक्ष्मी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

छोरी घरकी लक्ष्मी हुन भन्दा फरक छैन किनभने वावु आमाको पिडा छोराले होइन छोरीले बुझ्न सक्छिन भन्ने मलाई लागेको छ । छोरा भएपनि, छोरी भएपनि अभिभावकले समान सन्तुष्ट प्राप्त गर्छ । अंश र वंशका लागि ‘छोरा हुनैपर्छ’ भन्ने पुरातन मान्यतालाई त्याग्दै जानुपर्छ ।

पहिलो सन्तान छोरी जन्मि सकेको भए दोस्रो सन्तान छोरा होस् भन्ने लाग्छ । यो उनीहरुको व्यक्तिगत कुरा हो । यद्यपी गर्भ रहेपछि भ्रुणको लिंग पहिचान गर्नु र भ्रुणहत्या गर्नुलाई धार्मिक, सामाजिक, कानुनी रुपले मान्यता दिदैन ।

डिम्बमा दुई ‘एक्स’ क्रोमोजोम्स मात्रै हुन्छन् भने शुक्रकिटमा ‘एक्स’ र ‘वाई’ दुवै क्रोमोजोम हुन्छन् । महिलाको एक्स क्रोमोजोम र पुरुषको वाई क्रोमोजोमको मिलन भएमा छोरा जन्मिन्छ भने महिलाको एक्स क्रोमोजोम र पुरुषको पनि एक्स क्रोमोजोम नै मिलन भयो भने छोरी जन्मिन्छ ।

यदि तपाईं छोरी चाहनुहुन्छ भने आफ्नो खानपानमा म्याग्नेसियम, क्याल्सियम र एसिडिक खानेकुरा जस्तै मकै, मासु, गेडागुडी, माछा, प्लम्स, कफी, अण्डा, कलेजो, र दही आदि समावेश गनुहोस् । यसले छोरीको सपना पुरा गर्ने देखिन्छ ।

यदि तपाईं छोरी चाहनुहुन्छ भने लिंगलाई योनीको भित्रसम्म पुर्याउन आवश्यक छैन । योनीको प्रवेशद्धारमै स्पर्म छोडेको भएपनि छोरी जन्मिन सक्छन् किनभने यो स्थानमा योनी धेरै एसिडिक भएको हुन्छ । यो एसिडिटीले कमजोर मेल स्पर्मलाई रोक्छ र फिमेल स्पर्म बाँचेर जान्छ ।

यदि छोरा जन्माउन चाहनुहुन्छ भने यी खानेकुरा खानुहोस् सोचे जस्तो फल मिल्ने छ ।

त्यस्तै यदि तपाई छोरा चाहनुहुन्छ भने विभिन्न दूग्ध उत्पादनहरुको सेवन बन्द गर्नुहोस् । म्याग्नेशियम र क्याल्सियम सप्लिमेन्ट्स लिन पनि कम गर्नुहोस् । यसको सट्टा ताजा फलफूल, पोटेसियममा धनी खाना जस्तै केरा, एल्कालाइनिसिङ खानेकुरा जस्तै अंगुर, चेरी ताजा कागती दाल एभोकाडो, बदाम गाँजर, स्प्राउट्स आदीको सेवन बढाउनुहोस् ।

माथि दिएको जानकारी अनुसार खानपानले समेत सन्तान जन्माउनमा विभेद गर्दछ भन्ने हो । आज समय धेरै परिवर्तन भएको छ । हिजो छोरा भन्नेहरु आज छोरी भन्न थालेका छन् यसको ठोस कारण हो बाबु आमालाई छोराहरूले विभेद गर्नु न पालेर विर्ध आस्रम छोड्नु हेला गर्नु प्रमुख देखिन्छ । तर छोरीले यस्तो गर्न सक्दिनन् किनकि उनलाई सन्तान जन्माएपछी सवै अनुभव भएको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

छोरा र छोरीमा भेदभाव नगरौं

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!