खानपानस्वास्थ्य

स्वास्थ्यको लागि रुख कटहर खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रकृतिले हामीलाई थुप्रै तरकारी फलफूल दिएको छ । मौसम अनुसार हामीले यस्ता फलफूल खान नजान्नाले यसबाट हुने फाइदाबाट हामी बन्चित छौं । आज हामीले रूख कटरहरका फाइदा बेफाइदाबारे प्रकाश पार्नेछौं ।

गर्मी याममा फल्ने कटहर कतिपयले रूचाउदैनन् तर यो मैले धेरै मन पराउछु । कटहर स्वास्थ्यका दृष्टिकोणले यसमा थुप्रै पौष्टिक तत्व पाइन्छ । जस्तै भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंक जस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् । हरेक नराम्रो वस्तुमा राम्रो गुण छिपेको हुन्छ । कटहर धेरै नखाएपनि सिजनमा थोरै खाएपनि यसमा हामीले शरीरलाई चाहिने भिटामिन पाएका हुन्छौं ।

हाम्रो स्वास्थ्यलाई नभई नहुने भिटामिन रूख कटहरमा पाइने कुरा हामीले भनिसकेका छौं । हामीले अन्य खानासंग यस्ता फलफूल आफ्नो खानामा समावेश गर्ने बानी बसाल्नुपर्दछ । धेरै खानाले स्वास्थ्य लाभ हुने होइन थोरै थोरै खाने गर्नाले पनि हामीले आवश्यक भिटामिन फलफूलबाट प्राप्त गर्नेछौं ।

रूख कटहरका १० फाइदाहरु यस्ता छन् जानौं

१. मुटुको रोगमा

पाकेको रूख कटहरको फल खानाले मुटुका रोगीलाई पनि फाइदा गर्छ भनेको छ ।

२. खुन बढाउन

रूख कटहरमा आइरन हुनाले शरिरमा खुनको कमिलाई यसले पूर्ति गर्न सक्छ भनेको छ ।

३. ओस्टियोपोरोसिस

यस्ता रोग लागेका बिरामीलाई पनि रूख कटहरले राम्रो फाइदा गर्दछ । कटरहर पकाएर या पाकेको भए या दुबै अवस्थामा यसलाई प्रयोग गर्न सकिनेछ ।

४. थाइराइड

पाकेको रूख कटहर खानाले थाइराइड रोग समेत निको हुने कुरा आयुर्वेदमा उल्लेख गरेको छ ।

५. पेट सम्बन्धी रोग

पेटका रोगीले समेत यो सेवन गर्दा पेटको अल्सर तथा कब्जियत जस्ता पेट सम्बन्धी रोग पनि निको हुन्छ भनेको छ ।

६. भिटामिन सी र ए

यसमा पाइने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ ।

७. भिटामिन ए

रुख कटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।

८. शरीरमा ताजापन ल्याउनका निमित्त

यदी तपाईलाई पाकेको कटहर मनपर्छ र खाने गर्नुहुन्छ भने यसले तपाईको शरीरमा ताजापन ल्याउँछ ।

९.नसा सम्बन्धी रोगमा

नसाका विरामीका लागि पनि कटहर लाभदायक मानिन्छ । कटहर पकाएको तरकारीको सुप चिसो बनाइ खाने हो भने नसाका विरामीलाई निकै फाइदा हुन्छ ।

१०. तरकारी

काँचो कटहरलाई तरकारीको रूपमा र अचारको रूपमा खानाले रूचि बढाउने काम गर्दछ । थोरै खाना खानेले पनि कटहरको तरकारीसंग बढी खाना खाने गरेको हुन्छ ।

नोट : स्वास्थ्यका दृष्टिकोणले कटहर लगाएत सम्पुर्ण फलफूल नियमित सेवन गर्नु राम्रो हो । कटहरसंग मकै नखानु भनेको छ । यदि खाएमा झाडा बान्ता हुने भनेको छ । यस्ता कुरामा ध्यान दिन आवश्यक छ । हामीले के खाने के नखाने भन्ने कुराको अभावमा फाइदा लिनबाट बन्चित छौं । यस्ता लेख पढेर सेयर गरेर सवै सामु पुराउन सके जनकल्याण हुने देखिन्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि बेथेको साग खानुका फाइदाहरु 

चम्सुरको साग खानुका फाइदाहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!