स्वास्थ्य

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

रक्सीले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिकजस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्ति विशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असरहरू भयावह नै हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सीले सबभन्दा बढी क्षय पुर्‍याउने अंग कलेजो हो ।

मदिरा दुर्व्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ (जलग्रह) र खोक्दा रगत बान्ता हुन्छ । शारीरिक असरभन्दा पनि मानसिक असर झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै सुरु हुन्छ ।

रक्सीको दुव्र्यसनी काँतर, असभ्य, नकच्चरो बन्छ । रक्सीको दुर्व्यसनी भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी । क्रमश: व्यक्ति सामाजिक, वैचारिक, नैतिक रूपले गिर्दै जान्छ । दुर्व्यसन अत्यधिक गम्भीर हुनथालेपछि मानसिक रोग सुरु हुन्छ । पिउने बानी विस्तारै पर्दै जाँदा बढी आनन्दित हुन मात्रा बढाउँदै रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, रक्सी खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखापर्छ ।

सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुनसक्छ भने दुव्र्यसन गम्भीर भएको अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुर्छा पर्ने हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

विवाहित महिलाले बढि रक्सी पिउँछन्

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

रक्सी पिउँदा किन मात लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!