हेल्थ टिप्स

रोग निको गराउनु छ भने सोच बदलौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जब-जब तपाईं केहि सोच्नुहुन्छ तपाईको दिमागलाई विशेष दबाव हुन थाल्छ । त्यति बेला तपाइको शरीर बढी क्रियाशिल हुन्छ । सोच २ प्रकारको हुन्छ एउटा नेगेटिभ र अर्को पोजेटिभ । पोजेटिभ सोच्नु भन्दा नेगेटिभ सोचमा ब्लडको खर्च बढी हुन्छ भन्ने मान्यता मेरो हो ।

हामीले काम गर्दा हमेसा पोजिटिभ सोच राखेर अघि बढ्छौं भने हाम्रो दिमाग सफा हुदै जान थाल्दछ र हाम्रो शरीर स्वथ्य हुन्छ तर नेगेटिभ सोच राख्छौं भने दिमागमा फोहोर जम्मा हुन थाल्छ रगत दुषित हुन थाल्छ यसले अनेक रोग निम्ताउन थाल्दछ ।

उधाहरण जस्तै जुन कामको लागि हामीले मोबाइल प्रयोग गर्छौं ठिक विपरीत कामको लागि जस्तै गेम खेल्दा, चेस खेल्दा, ब्लुफिल्म हेर्दा मोबाइललाई बढी भार पर्ने हुनाले मोबाइल हेङ्ग हुने गर्छ ठिक यही अवस्था हाम्रो नकरात्मक सोचको विकासले हुने गर्छ ।

मानिस विमारी हुनु पनि नकरात्मक सोच दिमागमा विकास हुनाले शरीर कमजोर हुन थाल्दछ । जब-जब शरीरमा रोगप्रतिरोधक शक्ति कमजोर हुन थाल्छ तब-तब अनेकौं रोगले हामीलाई प्रभाव पार्न थाल्दछ यसको ठोस कारण भनेकै नकरात्मक सोच हो ।

आज जतिपनि मानिसको सोच गलत हुदै गएको छ उ त्यति नै बिमारी हुदै गएकोले रोगको दलदलमा फस्दै गएको छ । गलत बिचारलाई त्यागौं रोगी हुनबाट बचौं चिन्ता गर्दैमा समस्या समाधान हुनेवाला छैन यो सबैले बुझ्न आवश्यक छ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!