वास्तुशास्त्र

दु:ख, कष्ट, दुर्घटना र अनिष्टवाट बचिरहन सधै गर्नुहोस यी कामहरु

वास्तुशास्त्र प्राचीन विज्ञान हो। वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । बास्तुशास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति दुख कस्ट दुर्घटनाको सम्भावना रहेको पाइन्छ । यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दु:ख कहिल्यै हुदैँन ।

बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारकतत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ । दु:ख, कष्ट, दुर्घटना र अनिष्टवाट बचिरहन सधै यी कामहरु गर्नुहोस ।

१. घरमा रहेको पुजास्थल वा मन्दिरमा नियमित रुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

२. घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

३. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

४. घरमा सरसफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६. भान्सामा आगो र पानीको वीचमा केही दुरी हुन जरुरी छ । अग्नितत्व, पानीतत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

७. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर र दक्षिण दिशा घरको स्वामीको दिशा मानिन्छ ।

८. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनुपर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

वास्तु दोषमुक्ति तथा वास्तुशास्त्रबाट लिन सकिने लाभ

बास्तुशास्त्रका अनुसार यी ५ बस्तुहरु घरमा राख्दा सधै लक्ष्मीको बास हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!