वास्तुशास्त्रशास्त्र

घरको गेट बनाउँदा ख्याल गर्नुपर्ने ७ कुराहरु

घरको गेट बनाउँदा ख्याल गर्नुपर्ने ७ कुराहरु ! घर बनाउँदा वास्तु दृष्टिका विभिन्न कुरा ख्याल गर्नुपर्छ । घरमा रहेका कुराहरुले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुरा ख्याल गर्नु पर्छ । वास्तुशास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ । घरको मुख्य गेट बनाउँदा सँधै ७ कुराको ध्यान दिनुपर्ने वास्तुशास्त्रको भनाइ छ । यी कुरा ख्याल नगरे नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुने वास्तुशास्त्रको भनाइ छ । वास्तुशास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ ।

१. मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस् । यसले तपाइँलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२. घरको पूर्वी भागलाई सके सम्म होंचो राख्नुस् । तपाइँलाई आर्थिक अभाव हुँदैन ।

३. यदि भाडामा दिनुछ भने भुँइ तल्लाको कोठा मात्र भाडामा दिनुस् ।

४. घरको पूर्व दक्षिण कोणमा ढोका नराख्नुस् । यसो भएमा चोरी र आगजनीको खतरा बढि हुन्छ ।

५. घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्याण्डपम्प या ट्युववेल राख्नुस् ।

६. पूर्वी दिशामा झ्याल तल राख्नुस् । यसले घरका मानिस स्वस्थ हुन्छ भने मानसम्मान पनि बढ्छ ।

७. घरको पूर्वी कोणमा फोहोर नराख्नुस् । यसो गर्दा धन सम्पतिको नोक्सानी हुन सक्छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार घरको के के कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार घर बनाउँदा ध्यान दिनुपर्ने अत्यावश्यक कुराहरु

बास्तुशास्त्रका अनुसार यी ५ बस्तुहरु घरमा राख्दा सधै लक्ष्मीको बास हुनेछ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!