अन्तर्राष्ट्रिय समाचार

पूर्व भारतीय विदेशमन्त्री सुषमा स्वराजको निधन

एजेन्सी, साउन २१ । पूर्व भारतीय विदेशमन्त्री सुषमा स्वराजको ६७ बर्षको उमेरमा निधन भएको छ । एक्कासी हर्ट एट्याक भएको शंका भएपछि दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो । भारतीय न्युज च्यानल इण्डिया न्युजका अनुसार उनको कार्डियाक एरेष्ट भएको जानकारी आएको छ ।

प्राप्त समाचारमा अनुसार उनको उपचारकै क्रममा उक्त अस्पतालमै निधन भएको हो । उनको सन् २०१६ को डिसेम्बरमा मृगौला प्रत्यारोपण समेत गरिएको थियो । स्वास्थ्यकै कारण उनी गत लोकसभा निर्वाचनमा समेत प्रत्यक्ष उम्मेदवारको रुपमा सहभागी भएकी थिइनन् ।

उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!