आयुर्वेद

होम्योपैथीक औषधि थुजाबारे मेरो अनुभव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हेर्दा होम्योपैथीक साधारण देखिन्छ तर यसको काम भने चमत्कारयुक्त छ । आजभन्दा करिब ३८ बर्ष पहिले मेरो हातमा मुसा आएको थियो । म मध्य प्रदेश डिष्ट्रिक हस्पिटल बालाघाटमा ट्रेनिङ गर्दै थिए । भारतको हरेक सिटीमा होम्योपैथीक क्लिनिक हुन्छ । एलोपैथिकमा यसको उपचार केवल अप्रेसनद्वारा गरिन्छ भने होम्योपैथीकमा भने ३० को औषधि दिनमा ४ पटक वा २०० को औषधि दिनमा २ पटक एक हप्ता खानाले सवै मुसा गायब हुने गर्दछ ।

मुसा जस्तै आँखो होस या ठाउँ ठाउँमा मासु नै किन नपलाएको होस् निको हुन्छ । अप्रेसनको कुनै आवश्यक छैन । यस्ता चमत्कारीकारयुक्त औषधि र कुनै साइड इफेक्ट नभएका आयुर्वेदिक र होम्योपैथीक औषधि पब्लिकलाई चलाउन सके ठूलो खर्च हुनबाट समेत रोकिने देखिन्छ ।

थुजा पनि आयुर्वेदिक जडिबुटीबाटै बन्ने गर्दछ । निम, तुलसी, अदुवा, लसुन, असुरो जस्ता अनगिन्ती आयुर्वेदिक हर्बबाट होम्योपैथीक औषधि बन्ने गरेको छ । लाखौं करोडौं रूपैया अहिले बाहिर गइरहेको छ । नेपालमा यस्ता औषधि निर्माण गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ ।

नेपालमा यस्ता आयुर्वेदिक हर्ब छन् जसको बखान गरेर साध्य छैन । आयुर्वेदिक हर्बको पहिचान हुन नसक्दा त्यसै खेर गइरहेको देखिन्छ । नेपाल सरकारले यस्ता जडिबुटी रोपेर थुप्रै पैसा भित्राउन सक्ने सम्भावना देखिन्छ । नेपाली गरीब होइनन् बरू अरूले बनाएको कौडि पर्नेलाई बहुमुल्यमा खरिद गरेर खान सक्छन् यहि नै ठूलो विडम्बना छ ।

कमाई कम होस् तर मिठो खाने नेपालीको बानी छ । अन्तर्राष्ट्रियको तुलनामा नेपाल गरिब होइन हरिप देखिन्छ । नेपालीमा सहयोग त्यति बेला देखिन्छ जतिबेला कोही ब्यक्ति मर्दछ । सहयोग मर्दा मात्र होइन पर्दा पनि गर्नुपर्छ तर यसतर्फ कसैको ध्यान पुग्न नसक्नु दुर्भाग्य छ ।

म जब नेपाल आए त्यति बेला नेपालमा अखिल नेपाल होम्योपैथीक एसोसिएसन काठमाडौंमा थियो । म २०५६ सालमा अखिल नेपाल होम्योपैथीक एसोसिएसनको लाईफ मेम्बर बन्न पुगेर होम्योपैथीक औषधिको प्रेक्टिस सुरु गरेको थिए । आज हजारौंले फाइदा उठाउनु भएको छ । हाम्रो क्लिनिकमा एलोपैथिक डाक्टरहरूले समेत होम्योपैथीक औषधिबाट प्रेक्टिस गरेको अवस्था छ ।

अब नेपाली परिवर्तन चाहन्छन् भ्रष्टाचार गरेर होइन आफ्नै पाखुरा बजारेर खाने वातावरण बनायर अघि बढ्न आवश्यक छ । मेहनत नगरे केहि हुनेवाला छैन चाहे विदेशमा होस् या स्वदेशमा किन नहोस् मेहनत गर्नुपर्छ ।

औषधि थुजा

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

धेरै रोगको अचुक औषधि साइलीसिया (Silicea)

होम्योपैथीक औषधि र मानसिक रोग

होम्योपैथीक औषधि र दादको उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!