आयुर्वेद

जडिबुटीद्वारा हिप्नोटाइज्ड गर्ने तरिका

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जडिबुटीमा पनि यस्तो शक्ति छ जसको सहयोगले जसलाई पनि हिप्नोटाइज्ड गर्न सकिन्छ । यो कुरा कतिपयलाई विश्वास नहुन सक्छ । हाम्रो नेपाली भूमिमा यस्ता चमत्कारीक हिप्नोटाइज्ड हुने खालका जडिबुटी भएको तर प्रयोग विहिन देखिएको छ । आज के कस्तो समयमा मानिसलाई जडिबुटीको सहयोगबाट हिप्नोडाइज्ड गर्न सकिन्छ भन्ने जानकारी हुन आवश्यक छ ।

यदि हामीले यस्ता वस्तुको प्रयोग स्वास्थ्य क्षेत्रमा गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ । आज यस्ता बस्तुलाई गलत तरिकाले प्रयोग गर्दा फाइदा होइन वेफाइदा हुने सम्भावना बढी हुन सक्छ । आज हामीले पाठकको फाइदाका लागि यहाँ केहि प्रयोग दिन गइरहेका छौं । यस्ता प्रयोगले समाजमा आफ्नो राम्रो छवि कायम हुनुको साथै विश्वासमा समेत बृद्धि हुने देखिएको छ ।

हिप्नोटाइज्डमा प्रयोग हुने औषधिहरू सिंदूर, सेतो दूबो, नागरबेल, ब्रह्मदंडी, आँकको जरा,सिंदूर र केराको पानी, सेतो राती गेडीको पात आदिबाट कसरी हिप्नोटाइज्ड गर्नेबारे जानकारी पस्कन गइरहेको छु । कुनै पनि काम गर्नुपुर्ब गुरू स्थापना गर्न आवश्यक छ । लेखे मुताबिक सामाग्री बजारमा उपलब्ध छन् केहि जंगलबाट प्राप्त गर्न सकिन्छ । यसरी जम्मा गरेको सामाग्रीलाई आवश्यकता अनुसार के प्रयोजनका लागि हो गर्न सक्नु हुन्छ । आउनुस् अब कसरी प्रयोग गर्ने बारे जानकारी प्राप्त गरौं ।

सम्मोहन लेप

१. जुन प्रयोजनको लागि तोकिएको छ त्यसका लागि चाहिने सामाग्री सेतो राती गेडीको पात र ब्रह्मदंडीको जरालाई पिसेर लेप तयार गर्नुहोस् र यो मंन्त्रले १०८ पटक जप ‘‘ॐ उडामरेश्वराय सर्व जगमोहनाय, अं आं इं ई उं ऊं ऋं ऋं फट स्वाहा।’’ गरेर निधारमा लगाउनुहोस् देख्ने सबैले सम्मान गर्नेछन् ।

२. सम्मोहन शक्ति किन आवश्यक छ भन्ने कुरा सवैभन्दा पहिले बुझ्न आवश्यक छ । यसको माध्यमबाट घरमा हुने झै झगडा समेत समाप्त पार्न सकिन्छ । नेतृत्व गर्ने व्यक्तिको लागि यो महत्वपूर्ण छ । यसका लागि सिंदूर, सेतो दूबो, नागरबेलको पात ल्याएर पिस्नुहोस् र माथि लेखेको मंत्रले १०८ पटक पढेर फुक्नुहोस् र दैनिक टिका लगाएर समाजको अगाडि उभिनु भएमा सबैले सम्मान दिनुको साथै भनेको कुरा समेत कसैले काट्ने छैनन् ।

३. हरताल र असगंधलाई केराको रसमा पिसेर लेप बनाउनुहोस् यसरी बनाएको लेपलाई उपरोक्त मंत्र पढेर शुद्ध गरी लेपलाई लगाउनुहोस् यसले तुरून्त फाइदा देखाउछ । बोलेको कुरा सवै पुग्छ । देख्ने मान्छेले तपाईलाई जे जस्तो सहयोग चाहनु हुन्छ पुरा गर्छ । तर यसलाई गलत प्रयोग गरेमा गर्ने ब्यक्तिलाई नोक्सान गर्नेछ ।

४. आंकको जरो, सिन्दुर र केराको रसमा पिसेर लेप तयार गर्ने र माथिको मंत्र पढेर तिलक लगाउनाले देख्ने जतिले एकपटक फर्केर भएपनि हेर्नेछन् ।

नोट : कुनै पनि काम गर्दा स्वार्थमा होइन समाज सेवाको भावनालाई उत्प्रेरित गर्दै यस्ता काम गर्न सके समाजले फाइदा उठाउन सके राम्रो हुनेछ । यो लेखलाई नजर अन्दाज नगर्नुहोला । विश्वास नहुनेले नगर्नुहोला ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

धतूरोको तान्त्रीक प्रयोग

तुलसीको तान्त्रीक प्रयोग

अपमार्गको तान्त्रीक प्रयोग

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

तिलको तान्त्रीक उपयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!