राष्ट्रिय समाचार

१ बोतल पानीको मुल्य १०० रूपैया

साउन ३१, नवलपरासी । १ बोतल पानीको मुल्य १०० रूपैया ! पूर्व-पश्चिम राजमार्गको अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो । तर बनाएको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ । डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको छ ।

बुटवल नारायणघाटबाट आवत-जावत थप्प भएको छ । मानिसहरूले २० रूपैया पर्ने पानी १०० रूपैयासम्म तिरेर खाएका छन् । खानाको रेटसम्म ठिक देखिएपनि अन्य सामान फलफूलको रेट भने आकाशिएको छ ।

यस्तो क्रियाकलाप चाडैं रोकिनुपर्छ । सरकाले जतिसक्दो चाँडो यो काम गर्नुपर्ने देखिन्छ । यो काम आजसम्म पनि सम्पन्न नभएको देख्दा अझ नागरिकको विचलित हुने देखिन्छ । यस्तो परिस्थितिमा सबैको सहयोगको खाँचो हुन थालेको छ ।

नेपालीहरूमा सहयोगको भावना न्युन देखिन थालेको छ । आज अरूलाई परे भोली आफुलाई पनि पर्न सक्छ भन्ने भावनाको विकाश कम देखिएको छ । मौकाको फाइदा उठाउनुपर्छ भन्ने मात्र विचारले हरेकलाई जकडेको छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पुल भाँचिदा हजारौं यात्रुको विचल्ली

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!